दार्जीलिङ: सुदन गुरूङले चलाएको भष्ट्रचार विरूद्व संर्घषलाई हाम्रो पार्टीको पूर्ण समर्थन रहेको पार्टी अध्यक्ष अजय एडवाडर्सले बताएका छन्। जीटीए क्षेत्रमा अवैध शिक्षक नियुक्ति विरोध जनाउँदै सुदन गुरूङले गत केही वर्ष अघि कोलकताको उच्च न्यायलयमा मामला दर्ता गरेका थिए। अवैध शिक्षक नियुक्तिको मामलामाथि उच्च न्यायलयमा सुनाईको क्रम जारी रहेको थियो। गत सोमबार र हिज मंगलबार दुई दिनको निरन्तर सुनाईको क्रममा कोलकता उच्च न्यायलयको प्रिन्सिपल बेञ्चले पुलिसको कार्वाहीमाथि असुन्तुष्ट प्रकट गर्दै सीबीआई जाँचको निर्देश दिएको छ अनि सीबीआईलाई दुई सप्ताहभित्र रिपोर्ट बुझाउने निर्देश पनि दिएका छन्। यस विषयमा हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले भने, ‘हाम्रो पार्टीले आफ्नो गठनकालदेखि नै भष्ट्रचारको कठोर शब्दमा विरोध जनाउँदै आएको हो भन्दै हाम्रो पार्टीले आफ्नो बेरोजगार शिक्षिक युवा युवती भाइ बहिनीहरूले रोजगार पाउनुपर्छ। तर सरकारी नियम अनुरूप योग्यताको आधारमा पाउनुपर्छ भन्दै आएका छौं। जीटीए क्षेत्रको स्कूलहरूमा अवैध प्रकारले भाइभतिजावाद पूर्ण साथै राजनैतिक प्रेरित शिक्षक नियुक्तिको हाम्रो पार्टीले विरोध जनाउँदै आएको छ।’
हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले सुदन गुरूङको आँट र हिम्मतलाई प्रशंसा जनाउँदै हाम्रो पार्टी उनको साथमा रहेको बताएका छन्।