आसनसोलबाट भाजपाको उम्मेदवार एसएस अहलुवालिया, शत्रुघ्न सिन्हासँग कडा प्रतिस्पर्धा

Shatrughan-Sinha-SS-Aahaluwalia

कोलकाता: भाजपाले अन्ततः पश्चिम बंगालको हाई प्रोफाइल आसनसोल लोकसभा सीटबाट बुधबार आफ्नो नयाँ उम्मेद्वारको नाम घोषणा गर्‍यो। पार्टीले यस सिटबाट वरिष्ठ नेता एसएस अहलुवालियालाई टिकट दिएको छ। सिख समुदायबाट आएका अहलुवालिया हाल आसनसोलसँग जोडिएको सीट बर्धमान-दुर्गापुरबाट सांसद छन्। आसनसोलमा अहलुवालियाले तृणमूल कांग्रेसका उम्मेदवार र निवर्तमान सांसद तथा अभिनेता शत्रुघ्न सिन्हाको सामना गर्नेछन्। यसअघि सन् २०१९ को लोकसभा चुनावमा अहलुवालियाले भाजपाको टिकटमा बर्धमान-दुर्गापुर सीटबाट निकै नजिकको प्रतिस्पर्धामा करिब साढे दुई हजार मतले जितेका थिए। यसपटक भाजपाले मेदिनीपुरबाट सांसद दिलीप घोषलाई उम्मेदवार बनाएको छ। भाजपाले यसअघि अहलुवालियालाई २०१४ लोकसभा चुनावमा उत्तर बंगालको महत्त्वपूर्ण दार्जीलिङ सीटबाट उम्मेदवार बनाएको थियो, जहाँ उनले ठूलो मतले जितेका थिए। यस पटक आसनसोलको सन्दर्भमा भाजपाले २०१४ यता तीनवटा चुनावमा बंगालको तीन फरक लोकसभा सीटबाट अहलुवालियालाई उम्मेदवार बनाएको छ। यस पटक भाजपाले भोजपुरी अभिनेता पवन सिंहलाई आसनसोल सिटबाट टिकट दिएको थियो। तर गत महिना टिकट घोषणा भएको भोलिपल्ट सिंहले आसनसोलबाट चुनाव लड्न अस्वीकार गरेका थिए। त्यसयता यस सिटमा उम्मेदवारको बारेमा धेरै अड्कलबाजी भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *