आईटीबीपी १३औं वाहिनीको हावाद्वारा पौधारोपण

photocollage_202284215753649.jpg

गान्तोक: देशको ७५औं स्वतन्त्रत वर्षगॉंठको अवसरमा हर घर तिरंगा अभियान अन्तर्गत भारत तिब्बत सीमा पुलिस (आईटीबीपी)को १३औं वाहिनीको हिमवीर वाइव्स वेलफेयर एसोसिएशन (हावा) ले पौधारोपण आयोजन गऱ्यो। पूर्व सिक्किमको लिङदुमस्थित वाहिनी मुख्यालयमा गरिएको पौधारोपणमा हावाका सदस्यहरू र नानीहरूले भाग लिए।

कार्यवाहक प्रमुख संरक्षक सपनाले सबै सदस्यहरू र नानीहरूलाई पर्यावरणप्रति जागरूक गर्दै एक दिन पौधारोपणमा समर्पित गर्न आह्वान गरे। साथै आगामी १३ देखि १५ अगस्तसम्म सबैलाई आआफ्नो घरमा सम्मानपूर्वक राष्ट्रिय झण्डा फहराउन प्रेरित गरिन्।

प्रेस विज्ञप्ति अनुसार, आजादीको अमृत महोत्सवको उपलक्ष्यमा वाहिनीले विभिन्न कार्यक्रमहरू जस्तै स्वच्छता अभियान, वृक्षारोपण अभियान, फिट इण्डिया अभियान, निःशुल्क चिकित्सा शिविर, जागरूकता हेतु निबन्ध प्रतियोगिता, कला प्रतियोगिता, जागरूकता ऱ्याली आयोजन गर्दै आइरहेको छ। पर्यावरण संरक्षणका लागि वाहिनीले लगभग २१ हजार पौधा लगाइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement