दार्जीलिङ: इण्डिया गठबन्धन समर्थित कंग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङले गठबन्धन दलहरूका नेतृत्वहरूसित आज दार्जीलिङमा बैठक गरेका छन्। दार्जिलिङको कांग्रेस कार्यालयमा ईण्डिया गठबन्धन समर्पित कांग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङ गठबन्धन दलको नेतृत्वहरूसँग बैठक गरेका छन्। आयोजित बैठकमा कांग्रेस पार्टीको पक्षबाट सरोज खत्री, जीवन गुरूङ, वीआर राई, अलताप हुसेन, माजित अलि आदि उपस्थित रहेका थिए। त्यसरी नै हाम्रो पार्टीको पक्षबाट संस्थापक अध्यक्ष अजय एडवाडर्स, माकपाको पक्षबाट पूर्व राज्यसभा सांसद समन पाठक,केबी वातर आदि उपस्थित थिए।

बैठकमा ईण्डिया गठबन्धन समर्पित कांग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङको पक्षमा चुनाव प्रचार प्रसार कस्तो प्रकारले गरिने भन्ने विषयहरूमाथि गहन चर्चा परिचर्चा भएको जानकारी प्राप्त भएको छ।