कोलकाता: बिहीबार प्राइमरी टेट उम्मेदवारहरूको जुलुसलाई पुलिसले गन्तव्यसम्म पुग्न अगावै रोक्यो। तबदेखि सियालदहमा तनावको माहोल व्याप्त छ। जानकारीअनुसार छिटोभन्दा छिटो नौकरीमा नियुक्तिको माग गर्दै प्राइमकी टेटका उम्मेदवार सियालदह स्टेशन नजिक जमा भए। यसपछि उम्मेदवारहरूको समूह सियालदह स्टेशनदेखि मौलालीतिर बढ्न थाल्यो। मौलाली पुग्न अगावै पुलिसले उम्मेदवारहरूलाई समायो औं बलपूर्वक भ्यानमा बसायो।
प्राइमरी टेट उम्मेदवारहरूको भनाई छ, आठ वर्षदेखि राज्य सरकारले हाम्रो नियुक्तिलाई रोकेर राखेको छ। हामी एक त्वरित समाधानको खोजमा छौं। दिन दिनै कष्ट झेलिररहेका छौं। अब हामी कुनै बहाना सुन्न तयार छैनौं। राज्य सरकारले अगावै हाम्रो उज्जवल भविष्यलाई बर्बाद गरिसकेको छ। आयोगसित अनुरोध छ, कृपया नाटक बन्द गर। विनय विश्वास नाम गरेको एक उम्मेदवारले भने, प’रीक्षाको नोटिस वर्ष २०१४ मा दिइएको थियो। परीक्षा २०१५ मा भएको थियो र २०१६ मा परिणाम प्रकाशित गरिएको थियो। साक्षात्कार निर्धारित थियो। जसलाई पछि रद्द गरियो। केही समयपछि साक्षात्कार भयो तर हामीले नौकरी पाएनौंl’