माटोको आवाज समूहद्वारा भाजपालाई समर्थनको घोषणा

IMG-20240410-WA0172.jpg

हाम्रो मुद्दाको लागि सही रूपमा राजु विष्टलाई दिशा निर्देशन गर्नुपर्छ: भवानी प्रधान

खरसाङ: माटोको आवाज समूहले यसपाली लोकसभा चुनावमा भारतीय जनता पार्टीलाई समर्थन गर्ने भएको छ। माटोको आवाज समूहको संयोजक भवानी प्रधानले आज खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै यसपालीको लोकसभा चुनावमा भारतीय जनता पार्टीबाट दार्जिलिङ संसदीय सिटको प्रार्थी राजु विष्टलाई जिताउन समर्थन गर्ने भएको बताएका छन्। उनले पत्रकारहरूसित कुराकानी गर्दै भने, यसपालीको लोकसभा चुनावमा हामी माटोको आवाज समूहले दार्जिलिङ संसदीय सिटको लागि प्रोफेसर डा. महेन्द्र पी लामालाई प्रार्थी बनाउनपर्छ भन्दै आएको र यसपाली भाजपाले दार्जीलिङ संसदीय सिटबाट राजु विष्टलाई प्रार्थी बनाएपछि हामी माटोको आवाज समूहद्वारा सभा बसेर सर्वसहमतिद्वारा भाजपाको प्रार्थी राजु विष्टलाई नै जिताउन समर्थन गर्ने भएका छौं। यसको हामी हामी पहाड़भरि सबै क्षेत्रका जनतालाई आह्वान् गर्दै आएको र यसै क्रममा आज खरसाङ आएर यहाँको जनतालाई आह्वान् गरिरहेछौं।’
भवानी प्रधानले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा भने, प्रधानमन्त्री नरेन्द्र मोदीले गत ९ मार्चमा सिलगढीमा आएर गोर्खाहरूको समस्या समाधानको लागि काम गरिरहेको साथै समाधानको लागि नजिक पुगेको बताएकोले हामी माटोको आवाज समूहले यसपाली लोकसभा चुनावमा दार्जीलिङ संसदीय सिटको लागि भाजपाको प्रार्थी राजु विष्टलाई जिताउन सहयोग गरिरहेका हौं। गत ३ अप्रेलको दिन राजु विष्टको नामांकन पत्र बुझाउने दिन पनि प्रोफेसर डा महेन्द्र पी लामा उपस्थित रहेका थिए र यसपाली छिट्टै राज्यको मांग लगायत अनेकौं समस्याहरू समाधानको लागि राजु विष्टलाई जिताउन सबैलाई आह्वान् गर्दछौं।’
माटोको आवाज समूहको संयोजक भवानी प्रधानले बंगाल सरकारले हाम्रो क्षेत्रलाई उपनिवेश नै बनाएको आरोप लगाउँदै बंगाल सरकारले भाषामाथि अतिक्रमण गरेको, हाम्रो छुट्टै राज्यको मांग गर्दा गोली हान्यो, राष्ट्र दोहको आरोप लगायो, मुद्दाप्रेमी र जातिप्रेमीहरूलाई मारे, जात जातमा विभाजन गरेको आरोप लगाएका छन्। यी सबै हेरेर यसपाली हामी एकबध्द भएर जागृत भएर अघि आई भाजपालाई जिताएर मुद्दालाई अघि लाने पनि आह्वान् गरेका छन्। उनले गोर्खाहरूले पहाड़मा कमल फुलाएर ढकमक्क पारेको छ भन्दै अब हाम्रो मांगलाई पूरा गर्नलाई दवाब दिनुपर्छ भन्दै यसको लागि सरकारबाट केही पाउनलाई यसपाली हामीले राजु विष्टलाई सही रूपमा दिशा निर्देशन गर्नुपर्छ भनी बताएका छन्। भवानी प्रधानले हामी बाहिर मात्र बसेर भाजपाले केही दिएन भनेर होइन तर सही रूपमा दवाब दिनुपर्छ अनि यसको लागि प्रोफेसर डा महेन्द्र पी लामा, बुध्दीजिवीहरू, प्रबुध्दजन, बौध्दिक व्यक्तिहरू अघि आएर मुद्दाको लागि सबै मिलेर राजु विष्टलाई साथ दिन्दै सरकारलाई सही रूपमा दवाब दिनुपर्छ भनी बताएका छन् ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *