सुनसरीमा कर्फ्यू हटे पनि भेला र जुलुस गर्न नपाइने

IMG-20240410-WA0002

झापा, भद्रपुर (नेपाल): पूर्वीनेपालको सुनसरीका पाँच वटा पालिकामा स्थानीय प्रशासनले लगाएको कर्फ्यू हटाएको छ। सुनसरीको हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकासहित अन्य तीन पालिकामा लागेको कर्फ्यू हटेको हो। कर्फ्यू हटे पनि यी क्षेत्रमा भेला, जुलुस गर्न रोक लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए। दुई समूहबीचको विवादले उग्र रुप लिएपछि गत शुक्रबार बेलुकाबाट कर्फ्यू लागेको थियो। शनिबार भएको सर्वदलीय बैठकमा दुवै पक्ष साम्य हुने सहमति भए पनि प्रदर्शन भएपछि पुनः कर्फ्यू लगाइएको थियो। स्थानीय प्रशासनले सुनसरीको हरिनगर र देवानगञ्ज गाउँपालिकामा पूर्णरुपमा कर्फ्यू र इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा आंशिक रुपमा कर्फ्यू जारी गरेको थियो। सबै क्षेत्रको कर्फ्यू मंगलबार राति १२ बजेबाट हटेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *