चिया गफबारे दार्जीलिङमा किताब कुरा

WhatsApp-Image-2024-04-10-at-16.02.55

गान्तोक: साहित्यकार तथा पत्रकार प्रवीण खालिङको नयाँ किताब चिया गफबारे दार्जीलिङमा किताब कुरा विमर्श सम्पन्न भयो। चिया गफ पुस्तकबारे चर्चा समावेशी समूह, भारतले आयोजन गरिएको थियो। विमर्शमा सिक्किम केन्द्रिय विश्वविद्यालयका अतिथि प्रध्यापक सुरज धड्कन, वरिष्ठ कवि मिलन बान्तवा, युवा कवि विनोद प्रधानले चिया गफका सन्दर्भहरू केलाएर समिक्षा प्रस्तुत गरेका थिए। सर्जक प्रवीण खालिङले पनि पुस्तकबारे लेखकीय मन्तव्य राखेका थिए। 

पाठकहरूको पठन योग्यता जाँच गर्ने कसी हो चिया गफः  सुरज धड्कन

किताब कुरा कार्यक्रमा वरिष्ठ कवि मिलन बान्तवाले चिया गफ सम्पूर्ण नेपालीहरूकै जीवन बोक्ने कृति रहेको बताए। उनले भने, ‘चिया गफमा मलाई मन परेको कुरा हामी सम्पूर्ण नेपालीहरूको जीवन बोकेको छ। यो किताब पढ्दा आफैलाई आत्मसात गर्न सक्छौं। यसैगरि चिया गफले उठान गरेका धेरै नयाँ विषय र सन्दर्भहरूमा पाठकले आफैलाई पात्र पात्राको रूपमा पाउने गर्छन्।‘ चिया कफबारे बोल्दै  सुरज धड्कनले गहन अध्ययनको समिक्षा प्रस्तुत गर्दै लिभिङ मेटाफोरको प्रयोगका सन्दर्भहरू केलाए। सुरज धड्कनले भने, ‘पाठकहरूको पठन गर्ने योग्यताको जाँच हो। यसमा धेरै सन्दर्भहरू आएको छ त्यसले गर्दा पाठकले एकसरो पढ्दा केही नहोला तर सन्दर्भ केलाएर पढ्ने हो भने त्यसको सही स्वाद पाउँछ। यसलाई कुट निबन्ध भन्न सकिन्छ।‘ उनले अझ भने, ‘चिया गफमा नयाँ प्रकारले सन्दर्भ आएको छ पाइने सन्दर्भ केलाउँदा मज्जा आउँछ नयाँ कुरा बुझ्ने मौका पाउँछ पाठकहरूले पनि अरू कुरा पढ्न पर्ने हुनाले पाठकको योग्यता बडाउने कार्य भएको छ।‘ उनले लिभिङ मेटाफोरको प्रयोग चिया गफमा भएको विषयलाई विश्लेषण गर्दै भने, ‘अहिले लेखन शैली चलिरहेको लिभिङ मेटाफोरको समय निलो रङ पानीलाई विश्व साहित्यले उठान गरिरहेको छ भने चिया गफमा प्रवीण खालिङले हिमाललाई अर्को फरक लिभिङ मेटाफोरको रूपमा धेरै बलियो प्रकारले प्रयोग गरेका छन्l’ ‘हिमालबारे मात्र पनि लेख्न सकिन्छ भन्ने नयाँ सन्दर्भ आएको छ’, चिया गफमा उनले भने।

साउथफिल्ड महाविद्यालयका सह प्रध्यापक तथा कवि विनोद प्रधानले चिया गफले टिपेको सन्दर्भ र सम्भावनाहरूलाई केलाएका थिए। उनले चिया गफमा भएको सन्दर्भहरूसित जोडिएका फोटो र सन्दर्भको छुट्टै पुस्तक पनि प्रकाशित हुनसक्ने सम्भावनालाई सर्जक प्रति आग्रह राखे। उनले भने, ‘चिया गफले नामैले हाम्रो यथास्थितिलाई प्रतिनिधित्व गर्छ र हाम्रो यथास्थितिबारे नै गरिएको गफ हो भन्ने लागेको छ।‘ उनले चिया गफमा सिक्किम र दार्जीलिङलाई गम्भीररूपमा हेरिएको अनि फरक फरक दुइ समयकालको हिसाबमा लेखनमा समेटिएको बताए।   सर्जकको मन्तव्य राख्दै प्रवीण खालिङले आफूले भाषालाई होइन तर साहित्यलाई प्राथमिकतामा साहित्य रचना गर्ने गेरको अनि चिया गफले पनि निश्चय आफ्नो लेखकीय अथोरिटिबाट मुक्ति पाएर पाठकको हातमा पुगेको अनि निश्चित रूपमा यसले पाठकलाई आनन्द प्रदान गर्ने कुरामा विश्वस्त रहेको बताए। उनले आफूले लेखेको किताब पाठकको हातमा पुगिसकेको अनि त्यसलाई बुझ्ने र पढ्ने जिम्मेवारी पाठकसित आइपरेको अनि कठोर भन्दा कठोर आलोचना आइदिएमा त्यसले अघिल्लो कृति निर्माणमा अहिलेका गल्तीहरूलाई सुधार गरेर जिम्मेवारी पूर्वक लेख्न प्रोत्साहन मिल्ने बताए।

समेवाशी अभियन्ता सदीप प्रधानले सञ्चालन गेरको कार्यक्रममा सिक्किम र दार्जीलिङका युवा कविहरूको समूहले समावेशी कविता गोष्ठीमा सहभागिता दिएका थिए।सिक्किमका कवि पुरण भण्डारी, मन्दिरा रावत, सोनाम पाल्जोर, दार्जीलिङका कवि अनिर तामाङ, पुष्कर सिङ्गरले खुबै सुन्दर र शक्तिशाली कविता सुनाएका थिए। गान्धी रोड चोकबजारको मचान क्याफेमा आयोजित चिया गफको किताब कुरामा विद्यार्थी युवा पाठक र वरिष्ठ साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *