एनएसईका एमडी तथा सीईओ आशिष कुमार चौहानको नक्कली भिडियो भाइरल, कम्पनी गरायो सबैलाई सतर्क

IMG-20240410-WA0165
  • एनएसईको सबै आधिकारिक सोशल मिडिया ह्यान्डलहरू जाँच गर्न आग्रह
  • सबै लगानीकर्ताहरूलाई त्यस्ता नक्कली भिडियोहरू बारे सतर्क रहन र एनएसई  वा यसका अधिकारीहरूबाट आधिकारिक जानकारीको रूपमा यसको वेबसाइट www.nseindia.com मार्फत पुष्टि गर्न अनुरोध

कोलकाता: एनएसईका एमडी तथा सीईओ आशिष कुमार चौहानको अनुहार/आवाज प्रयोग गरेर अनि एनएसईको लोगो प्रयोग गरेर केही अडियो र भिडियो क्लिपहरू बनाइएको देखिएको एनएसईले एक प्रेस विज्ञप्ति जारी गरेर बताएको। प्रविधिको प्रयोग गरेर गलत तरिकाले बनाइएको यो अडियो–भिडियो क्लिपमा लगानी सल्लाह दिइएको विज्ञप्तिमा बताएको छ। प्रेस विज्ञप्तिका अनुसार, एनएसईका एमडी तथा सीईओ आशिषकुमार चौहानको आवाज र अनुहारको हावभावको नक्कल गर्दै परिष्कृत प्रविधिहरू प्रयोग गरी यस्ता भिडियोहरू सिर्जना गरिएको देखिन्छ।

‘लगानीकर्ताहरूलाई त्यस्ता अडियो र भिडियोहरूमा विश्वास नगर्न र त्यस्ता नक्कली भिडियोहरू वा अन्य माध्यमहरूबाट आउने कुनै पनि लगानी वा अन्य सल्लाहहरू पालना नगर्न चेतावनी दिइन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘यो नोट गर्न सकिन्छ, एनएसई कर्मचारीहरूलाई कुनै स्टक सिफारिस गर्न वा ती स्टकहरूमा कारोबार गर्न अधिकृत छैन।‘

थप रूपमा एनएसईले यी आपत्तिजनक भिडियोहरूलाई जहाँ सम्भव भएसम्म यी प्लेटफर्महरूबाट हटाउन अनुरोध गर्ने प्रयास गरिरहेको छ। ‘एनएसईको प्रक्रियाअनुसार, कुनै पनि आधिकारिक संचार यसको आधिकारिक वेबसाइट www.nseindia.com र एक्सचेन्जको सोशल मिडिया ह्यान्डलहरूमा मात्र गरिनेछ- Twitter: @NSEIndia, Facebook: @NSE India, Instagram: @nseindia, LinkedIn: @NSE India, YouTube: यो एनएसई इण्डिया मार्फत गरिन्छ’, विज्ञप्तिमा यसरी बताइएको छl सबैलाई एनएसईद्वारा पठाइएको संचार र सामग्रीको स्रोत प्रमाणित गर्न र आधिकारिक सोशल मिडिया ह्यान्डलहरू जाँच गर्न प्रेस विज्ञप्ति मार्फत अनुरोध गरिएको छ। विज्ञप्तिमा बताइएअनुसार, ‘सबै लगानीकर्ताहरूलाई एनएसई वेबसाइट www.nseindia.com मा देखा पर्ने जानकारीलाई नोट गर्न र एनएसई वा यसका अधिकारीहरूबाट आधिकारिक जानकारीको रूपमा प्रमाणित गर्न अनुरोध गरिन्छ। लगानीकर्ता र आम जनतालाई माथिको नोट गर्न सल्लाह दिइन्छ।‘ यो प्रेस विज्ञप्ति लगानीकर्ताको हितमा जारी गरिएको बताइएको छl         

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *