सिलगढीमा एसी तार चोर्ने चोर पक्राउ

chor.jpg

सिलगढी: पानीटेंकी पुलिसले चोरीको एसी तारसहित एकजना चोरलाई पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्तको नाम एमडी अलाउद्दीन हो। उनी सिलगढीको वार्ड नम्बर १ अन्तर्गत रतनलाल बस्तीका बासिन्दा हुन्।स्रोतबाट प्राप्त जानकारी अनुसार गत ३ देखि ४ अप्रेलसम्म सिलगढी नगरपालिकाको वार्ड नम्बर १६ का पाँचवटा घरबाट एसी तार चोरी भएको थियो। एकपछि अर्को चोरीका घटनाले क्षेत्रमा सनसनी फैलिएको छ। त्यसपछि ९ तारिक पुलिस थानामा चोरीको लिखित उजुरी परेको थियो। त्यसपछि घटनाको छानबिन गर्दै पानीटैंकी थानाले २४ घण्टाभित्र अभियुक्त अलाउद्दीनलाई पक्राउ गरेको थियो। यससँगै पुलिसले आरोपीबाट ठूलो परिमाणमा एसी तार पनि बरामद गरेको छ। पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement