नेपालमा राप्रपाद्वारा प्रदर्शन, ज्ञानेन्द्र शाही पक्राउ, १४ घाइते

RPP

काठमाडौं: ४० बुँदे माग पूरा गराउन दबाव दिने उद्देश्यले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा पुलिसले बल प्रयोग गरेको छ। प्रदर्शनका क्रममा झडप भएको साथै पुलिस लाठीचार्ज र पानीको फोहोरा हानेको छ। प्रदर्शनका कारण काठमाडौं र ललितपुरको सवारी आवागमन दिनभर प्रभावित भएको थियो। घन्टौ सवारी जाम भएको थियो।  देशभरबाट काठमाडौंमा जम्मा भएका राप्रपाका प्रदर्शनकारीले भद्रकालीबाट निषेधित क्षेत्र तोड्दै सिंहदरबारतर्फ अघि बढ्ने प्रयास गर्दा पुलिसले बल प्रयोग गरेको हो। प्रदर्शनकारीलाई रोक्नका लागि राखेको रेलिङको बार तोडेर अघि बढ्ने प्रयास गरेपछि पुलिसले बल प्रयोग गरेको हो।

पुलिसले पानीको फोहोरासहितको प्रयोग गरेपछि आन्दोलनकारी छरपस्ट भएका थिए। पुलिसले निरन्तर पानीको फोहोरासहित आन्दोलनकारीलाई पछि हटाउँदै शहीद गेट कटाएको थियो।  प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई पुलिसले पक्राउ गरेको छ। आन्दोलनकारीलाई पुलिसविरुद्ध उक्साउने काम गरेपछि शाहीलाई नियन्त्रणमा लिइएको पुलिसले जनाएको छ। निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न आग्रह गर्दै मुठभेड निम्त्याउने प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिइएको पुलिसको भनाइ छ। शाहीसँगै अन्य एक प्रदर्शनकारी पनि पक्राउ गरिएको पुलिसको भनाइ छ। १४ जना घाइते भएका छन्। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार पुलिसले आफ्ना दर्जनौं कार्यकर्ता घाईते भएका छन्। राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्नेलगायतका माग राख्दै आएको छ। ‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने मुख्य नारा लिएर राप्रपाले प्रदर्शन गरेको हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *