४ अगस्तः नेताजी युथ क्लब (एन.वाई.सी.), सेभोकको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको दोस्रो क्वार्टर फाइनलमा हल्दीबारी यूनिट क्लब विजयी भयो। सेभोक प्राइमरी स्कूल मैदानमा बिहीवार भएको म्याचमा हल्दीबारी यूनिट क्लबले कैलाशपुर एफसी-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल राहुल एमडी-ले छिराए। विजेता टीमका गोलकीपरलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ९ र १० अगस्तमा हुनेछ।

यसबाहेक फाइनल १५ अगस्तको दिन खेलिनेछ। यस इलेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा देश लामाले बताएका छन्।