सिलगढी: एनजेपी थानाले ट्रकबाट ३८ गाई बरामद गरेको छ। यसैबीच गाई तस्करी गरेको आरोपमा ट्रकका चालक पनि पक्राउ परेका छन्। पक्राउ परेका अभियुक्तको नाम जहिरुल इस्लाम रहेको छ। उनी आसामका बासिन्दा हुन्।मंगलबार राति नै फुलबारी हुँदै ट्रकमा अवैध रूपमा गाईवस्तु ओसारपसार भइरहेको सूचना एनजेपी थानालाई प्राप्त भएको छ। ट्रक बिहारबाट फुलबारी हुँदै जलपाईगुडी जाँदै थियो। सूचना पाएलगत्तै पुलिस थानाले फुलबारी टोल गेट क्षेत्रमा चेकजाँच गर्न थाल्यो। ट्रक टोल गेटमा पुगेपछि पुलिसले रोकेको थियो। खोजीका क्रममा ट्रकबाट १३ वटा बाछासहित ३८ गाई बरामद भएको छ। ट्रक चालकलाई गाईवस्तुसँग सम्बन्धित वैध कागजातहरू देखाउन भनियो। जुन चालकले देखाउन सकेनन्। त्यसपछि पुलिसले चालकलाई नियन्त्रणमा लिएर गाईवस्तुसहित ट्रकलाई नियन्त्रणमा लिएको छ। आरोपीलाई बुधबार जलपाईगुडी अदालतमा पेश गरिएको थियो। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।