फेडररलाई पछि छोड़ेर सबैभन्दा अधिक उमेरका नम्बर एक खेलाड़ी बने नोवाक जोकोविच

IMG-20240410-WA0140.jpg

नयाँ दिल्ली: नोवाक जोकोविचले अझ एउटा असाधारण उपलब्धि हासिल गरेका छन्। उनले स्विट्जरल्याण्डका रोजर फेडररलाई पछि छोड़ेर सबैभन्दा अधिक उमेरमा विश्वका नम्बर एक एकल टेनिस खेलाड़ी बन्ने गौरव हासिल गरेका छन्। अहिले ३६ वर्षका जोकोविच आउँदो महिना ३७ वर्षका हुनेछन् अनि उनले जून, २०१८-मा सबैभन्दा अधिक उमेरमा नम्बर एक खेलाड़ी बन्ने फेडररको रेकर्ड तोड़ेका छन्। यतिमात्र नभएर अहिले मोण्टे कार्लो मास्टर्समा जुन दुईजना खेलाड़ीबारे सर्वाधिक चर्चा भइरहेको छ तीन दुईजना जोकोविच र भारतका रोहन बोपन्ना हुन्। यी दुईजना पुरुष एकल र युगलमा सबैभन्दा अधिक उमेरमा विश्वका नम्बर एक खेलाड़ी हुन्। सर्बियाका जोकोविच एकलमा त ४४ वर्षीय बोपन्ना युगलमा विश्वका नम्बर एक खेलाड़ी हुन्। यस सोमवार जोकोविचको शीर्ष ऱ्याङकिंगमा ४२०औं हप्ता पुग्नेछ। यो पनि एउटा रेकर्ड हो, जसलाई उनले अगावै तोड़िसकेका छन्। फेडरर ३१० हप्तासम्म शीर्ष ऱ्याङकिंगमा रहेका थिए। जोकोविच ओपन युगमा सर्वाधिक एकल ग्राण्ड स्ल्याम खिताब जित्ने खेलाड़ी पनि हुन्। फेडररले पीट सम्प्रासको १४ वटा ग्राण्ड स्ल्याम जीतको रेकर्ड तोड़ेका थिए। त्यसपछि रफायल नडालले फेडररको २० वटा ग्राण्ड स्ल्याम खिताबको रेकर्ड तोड़ेका थिए। त्यहाँबाट जोकोविचले जम्मा २२ वटा ग्राण्ड स्ल्याम खिताबको साथ नडाललाई पछि छोड़ेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement