होम ग्राउण्डमा हार्नदेखि बाँच्यो आर्सनल र रियल म्याड्रिड

photocollage_202441011108788.jpg

लण्डन: यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगिताको क्वार्टर फाइनल राउण्डको पहिलो लेगको दुईवटा म्याच ड्र रह्यो। यी दुईवटा म्याचमा आर्सनल र रियल म्याड्रिडले जसोतसो पराजयको संकटलाई टाऱ्यो। गत सीजनको च्याम्पियन म्यानचेष्टर सिटी र रियल म्याड्रिडबीच मंगलवार राति खेलिएको म्याच ३-३-ले ड्र रह्यो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा ३८ प्रतिशत पोजेशनको साथ खेल्दै रियल लगभग अन्तसम्म ३-२-ले पछि रहेको थियो। त्यसपछि फेडेरिको भाल्भर्देले ७९औं मिनटमा दर्शनीय गोल गरी स्पेनिश टीमलाई हार्नबाट बचाए। म्याचमा सिटीको शुरुवात असल रह्यो अनि बर्नार्डो सिल्वाले दोस्रो मिनटमै प्रीमियर लीग क्लबलाई बढ़त दिलाए। त्यसपछि सिटीकै डिफेण्डर रुबेन डिआसले १२औं मिनटमा आत्मघाती गोल गर्दा रियलले बराबरी हासिल गऱ्यो। त्यसपछि रियलले बढ़त हासिल गर्न अधिक समय लिएन अनि रोड्रिगोले १४औं मिनटमा गोल गरी होम टीमलाई २-१-ले अघि पारे। मध्यान्तरसम्म पछि रहने सिटीले दोस्रो हाफमा ५ मिनटभित्र २ गोल गरी फेरि बढ़त हासिल गऱ्यो। म्यानचेष्टर सिटीबाट फिल फोडेनले ६६औं र जोस्को ग्भार्डिओलले ७१औं मिनटमा गोल गरे। अन्तमा भाल्भर्देको गोलले रियल म्याच ड्र गर्न सफल भयो। अब दोस्रो लेगको म्याच सिटीको होम ग्राउण्डमा खेलिने हुनाले रियल म्याड्रिडमाथि सामान्य दबाउ चाहिँ अवश्यै रहनेछ।
यसरी फर्ममा रहने आर्सनल र जर्मनीको क्लब बायर्न म्यूनिखबीच खेलिएको रोमाञ्चक म्याच पनि २-२-ले ड्र रह्यो। यस अवे म्याचमा ४० प्रतिशत पोजेशनको साथ खेल्ने बायर्नले शुरुमै गोल खाए पनि एक समय २-१-को बढ़त हासिल गरेको थियो। त्यसपछि लिएण्ड्रो ट्रोसार्डले ७६औं मिनटमा गोल गरी आर्सनललाई बराबरीमा पुऱ्याए। एमिरेट्स स्टेडियममा होम टीमबाट पहिलो गोल बुकायो साकाले १२औं मिनटमा गरे। यसरी बायर्न म्यूनिखबाट सर्गे ग्नाबरीले १८औं र हेरी केनले ३२औं मिनटमा गोल गरे। यस ड्र पछि बायर्नका म्यानेजर थोमस टुचेललाई सन्तुष्ट देखियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement