न्यूजील्याण्ड विरुद्ध सीरीजको निम्ति पाकिस्तान टीममा आमिर र इमादलाई स्थान

IMG-20240409-WA0237.jpg

लाहौर: न्यूजील्याण्ड विरुद्ध १८ अप्रेलदेखि शुरु हुने पाँचवटा टी२० अन्तर्राष्ट्रिय म्याचको घरेलु सीरीजको निम्ति अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको फसेला ब‌द्लिने पेस बलर मोहम्मद आमिर र देब्रे हातका स्पिनर इमाद वसीमलाई पाकिस्तानको १७ सदस्यीय टीममा स्थान दिइएको छ । यस सीरीजको पहिलो तीनवटा म्याच रावलपिण्डी जबकि अन्तिम दुईवटा म्याच लाहौरमा खेलिनेछ । स्पट फिक्सिंगको मामिला दोषी पाइएपछि ईंग्ल्याण्डमा केही समय जेलमा बिताउने आमिरले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय म्याच २०२०-मा खेलेका थिए। त्यसपछि विश्वभरि टी२० लीगहरू खेल्न उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए। स्पिनर अलराउण्डर इमादले पनि नोभेम्बर २०२३-मा सन्न्यास लिएका थिए तर पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र चयनकर्ताहरूका विशेष आग्रहमा उनले आफ्नो फसेला ब‌द्लिएका छन् ।
पाकिस्तानी टीमः
बाबर आजम (कप्तान), सईम अयूब, शादाब खान, इरफान खान नियाजी, मोहम्मद रिजवान, उस्मान खान, इमाद वसीम, फखर जमान, मोहम्मद आमिर, इफ्तिखार अहमद, आजम खान, शाहीन शाह अफरीदी, नसीम शाह, जमान खान, अब्बास अफरीदी, अबरार अहमद र उसामा मीर।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement