चुनाउमा खटिएका अधिकारीहरूले गरे पोस्टल व्यालेट मार्फत मतदान

IMG-20240409-WA0239.jpg

गान्तोक: आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति चुनाउमा खटिएका साथै वरिष्ठ नागरिक र शारिरिकरूपमा असक्षम व्यक्तिहरूले गत ५ अप्रेलदेखि घरबाट नै मतदान गरिरहेका छन्। यसरी नै राज्यको विभिन्न जिल्लामा सुविधा केन्द्र निर्माण गरिएको छ,जहाँ चुनाउमा खटिएका अधिकारीहरूले आफ्नो मतदान पोस्टल व्यालेटको माध्यमद्वारा गर्न सक्नेछन्। उल्लेखनीय छ, यसै वर्षदेखि भारतीय चुनाउ आयोगले ८५ वर्ष भन्दा अधिक उमेरका र ४० प्रतिशत शारिरिकरूपमा असक्षम व्यक्तिहरूले घरबाट नै मतदान गर्न पाउने नियम बनाएको छ। विशेष गरेर सुविधा केन्द्र स्थापना गरेर चुनाउको दिन खटिने सरकारी कर्मचारी साथै पुलिसका जवानहरूले आज बिहानदेखि नै निर्धारित स्थानमा पुगेर पोस्टल व्यालेटको माध्यमद्वारा मतदान गरे।

About Author

Advertisement