नागामा चारवटा निर्वाचन क्षेत्रलाई लिएर एसकेएम पार्टीको चुनावी सभा विजय भवः जनसभा सम्पन्न

IMG-20240409-WA0234.jpg

एसडीएफले संघ विधायकलाई कहिले पनि मन्त्री पद नदिएको मुख्यमन्त्री प्रेम सिंह तामाङको दावी

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको चुनावी सभा विजय भवः जनसभा आज मंगन जिल्लाको नागामा चारवटा निर्वाचन क्षेत्रलाई लिएर भव्यरूपमा सम्पन्न भयो। आजको सभामा पार्टी अध्यक्ष प्रेमसिंह तामाङ मुख्य अतिथिको रुपमा उपस्थित थिए भने सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको लोकसभा उम्मेदवार डा. इन्द्रहाङ सुब्बा, जङ्गु निर्वाचन क्षेत्रका उम्मेदवार पिन्त्सो नाम्ग्याल लेप्चा, लाचेन मंगन निर्वाचन क्षेत्रका उम्मेदवार सामडुप लेप्चा, कबि लुङचोक निर्वाचन क्षेत्रका उम्मेदवार टीटी भोटिया अनि संघका उम्मेदवार सोनम लामाको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रेमसिंह तामाङले आगामी १९ अप्रेलमा सिक्किमे जनताले फेरि पनि सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई सरकारमा पुऱ्याउने मन बनाइसकेको बताए। पहिलो कार्यकालमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले जनतालाई पुऱ्याएको सेवाको कारण लेनै फेरि पनि जनताले सुनौलो अनि समृद्ध सिक्किमको परिकल्पनालाई पुरा गर्नको निम्ति टेबल ल्याम्पको चिन्हमा भोट लगाएर सरकारमा पुऱ्याउने मन बनाएको बताए। विगत ४ अक्टोबरको दिन आएको विनाशकारी बाड़ले प्रभावितहरूलाई तत्काल सरकारले पुऱ्याएको सहयोग अनि उद्दारको कामले गर्दा उत्तर सिक्किमका जनताले फेरि पनि एसकेएम पार्टीलाई जीत दिलाउने निश्चयता व्यक्त गरे। पूर्व सरकारकालमा संघबाट जितेर आउने उम्मेदवारलाई कहिले क्याबिनेटमा बस्ने अवसर दिएन तर २०१९ मा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले सरकार गठन गर्नसाथै संघबाट जितेर आउने उम्मेदवारलाई ग्रामीण विकास विभागको मन्त्री बनाएर राज्यका सबै लामाहरूलाई सम्मान दिने काम गरेको किटान गरे। संघ सिटलाई पनि एसकेएम सरकारले एउटा निर्वाचन क्षेत्रको रुपमानै लिएर अन्य निर्वाचन क्षेत्र सरह सम्पूर्ण प्रकारको साहुलियत अनि अन्य सुविधाहरू दिने प्रथा शुरु गरेको बताए। आफ्नो सम्बोधनको क्रममा तामाङले थप भने, त्रिपक्षीय सम्झौतामार्फत देशमा सिक्किमले मात्र प्राप्त गरेको संघ सिटलाई १९९९ मा सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीले मान्यता नदिएको तितो सत्य पनि जनतासमक्ष राखे। धारा ३७१एफको प्रावधान प्राप्त यो सिटलाई मान्यता नदिएर त्यो समय एसडीएफले ३७१एफलाई नै चुनौती दिएको किटान गरे। संघ सिटलाई मान्यता दिने अनि केवल सिक्किम क्रान्तिकारी मोर्चा पार्टी रहेको बताए। कर्मापा उगेन थिन्ले दोर्जीलाई एसडीएफ सरकारले नै जासुस हो भनेर रिपोर्ट पठाएर देशबाट बाहिर निकाल्ने काम गरेको पनि उनले ठोकुवा गरे। एसकेएम पार्टीकै कारण २०१८ मा उनीमाथि लागेको प्रतिबन्धलाई हटाउने कार्य भएको किटान गरे। परमपावन उगेन थिन्ले दोर्जीलाई सिक्किममा भित्र्ययाउनको निम्ति सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले ३४ करोड़भन्दा अधिकको लागतमा फुदुङ गुम्बाको निर्माण सम्पन्न गरिरहेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *