सिलगढी: सिलगढी नगर कङ्ग्रेसले आज सिलगढीलाई अलग जिल्ला बनाउने मागमा एउटा ऱ्याली निकाले। हासमी चोकदेखि निकालिएको न्यालीले सिलगढीको हिलकार्ट रोड, सेभोक मोड़को परिक्रमा गरेपछि पुनः हाशमी चौकमा पुगेर समापन गरेको थियो। उक्त ऱ्यालीमा दार्जिलिङ जिल्ला कङ्ग्रेसका अध्यक्ष शंकर मालाकार पनि उपस्थित थिए।
यस अवसरमा शंकर मालाकारले भने, सिलगढी सहरलाई वञ्चित गरिरहेको छ। हाल राज्यमा ७ वटा नयाँ जिल्ला घोषणा गरेको छ । विभिन्न खेमाद्वारा सिलगढीलाई जिल्ला बनाउने पुरानो माग रहेकोले सिलगढीलाई अलग जिल्ला बनाउनुपर्ने तिनले बताए। उल्लेखनीय छ, मुख्यमन्त्री ममता बनर्जीले राज्यमा ७ वटा नयाँ जिल्लाको घोषणा गरेपछि विभिन्न खेमाले सिलगढीलाई पनि अलग जिल्ला बनाउने माग गरिरहेको छ।