चिनियाँ सहयोगमा सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पताल पुनः निर्माण

IMG-20240409-WA0011

झापा, भद्रपुर (नेपाल): चीन सरकारको सहयोगमा सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पताल पुनःनिर्माण गरिएको छ। अस्पताल पुनर्निर्माण गरिएसँगै सिन्धुपाल्चोकका स्थानीय नागरिकले अब भरपर्दो उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ। सदरमुकाम चौतारामा ३९ बेडको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि उपचारका निम्ति अन्यत्र जानुपर्ने बाध्यता हटेको हो। भूकम्पले भग्नावशेषमा परिणत भएको अस्पताल भवन ६ करोड १० लाख चिनियाँ युआनमा निर्माण पूरा भएको ‘चाइना एड सिन्धुपाल्चोक हस्पिटल रिकभर प्रजेक्ट इन नेपाल’का प्रमुख क्वो पाउछङले बताए।

चाइना चियुयान इन्जनियर कर्पोरेसन र सियान सिफाङ कन्स्ट्रक्सन सुपरभिजन कम्पनी लिमिटेडको मुख्य व्यवस्थापनमा चिनियाँ कम्पनी हेवेई कन्स्ट्रक्सन ग्रुपले सो भवन तयार गरेको हो। अस्पताल भवनको फ्लोरमा फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी, पोषण, भान्सा, बहिरंग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेशन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्ष तयार भएका छन्। त्यसैगरी, भ्याक्सिनेसन सेन्टर, पुलिस अफिस फायर कन्ट्रोल सेन्टर, क्षयरोग र एड्स उपचार कक्ष तयार भएका छन्। फ्लोरमा नै चार सय ५० केभीको जेनेरेटर र ‘मेडकिल वेस्ट वाटर प्रोसेसिङ’ उपकरण जडान गरिएको छ।

About Author

Advertisement