तीनधारे: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको पहलमा तीनधारेको शंकरनिवासस्थित ब्रम्हामन्दिर प्राथमिक पाठशालामा रक्तदान शिविर आयोजना गरिने भएको छ। तीनधीरेको बुथ नम्बर २४७ अन्तर्गत पर्ने गाउँहरूलाई मिलाएर आगामी ७ अगस्तको दिन रक्तदान शिविर हुने भएको छ। उक्त रक्तदान शिविरमा तीनधारेको बुथ नम्बर २४७ अन्तर्गत पर्ने गाउँहरू र वरिपरिका जनसाधारणले पनि आएर आफ्नो बहुमूल्य रगत दान गर्न सक्ने भएकोले सबैलाई उपस्थित भई आफ्नो बहुमूल्य रगत दान गरिदिने स्थानीय सीबी भुजेलको बताएका छन्। उनले उक्त रक्तदान शिविरमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री लगायत २४७ नम्बर बुथका सबै युवाहरू उपस्थित रहने जानकारी गराएका छन्।