सिलगढी: अभिनेता देव जलपाईगुडी लोकसभा क्षेत्रबाट तृणमूल कांग्रेसका उम्मेदवार निर्मल चन्द्र रायको समर्थनमा सिलगढीमा प्रचार गरे। आज देवले सिलगढी नौकाघाटबाट रोड शो मार्फत अभियान शुरु गरेका हुन्। उनले सिलगढी नगरपालिकाको वार्ड नम्बर ३१ र वार्ड नम्बर ३५ को विभिन्न क्षेत्रमा प्रचार गरे। उनीसँगै जलपाईगुडी लोकसभाका उम्मेदवार निर्मल चन्द्र राई र सिलगढी नगरपालिकाका मेयर गौतम देव पनि थिए। यसै क्रममा अभिनेता देवलाई हेर्न सडकमा मानिसहरुको भीड लागेको थियो। भीडलाई नियन्त्रण गर्न प्रहरीले पनि निकै मेहनत गर्नुपरेको थियो। देवले सर्वसाधारणसँग हात मिलाएर जनसम्पर्क गरे। कलाकारले आज पाँच वडाका विभिन्न क्षेत्रमा प्रचारप्रसार गरेका छन्।