दार्जीलिङ हिल युनिभर्सिटीको पहिलो अफ् लाइन क्लास शुरु

IMG-20240409-WA0224.jpg

मङ्पु: आजदेखि दार्जीलिङ हिल युनिभर्सिटीको पहिलो अफ् लाइन क्लास शुरु भएको छ। युनिभर्सिटीका रजिस्ट्रार डा सुजाता रानीले जानकारी दिँदै भनिन्, ” आजदेखि युनिभर्सिटीले अफ् लाइन क्लास शुरु गरेको छ। यहाँको आधारभूत सुविधाहरु राम्रो छ। ८२ जना विद्यार्थीहरूले ६ वटा विषयमा अध्यापन गर्नेछन्।”
डा सुजाता रानी भन्छन, “हामीले क्याम्पस शुरु गर्नलाई जीटीएबाट धेरै सहयोग पाएका छौं।उहाँहरूको सहयोग नभएको भए आज हामीले कक्षा सुरु गर्नु सक्ने थिएनौ।”
पहाड लगायत कोलकाता अनि अलिपुरद्वारका धेरै विद्यार्थीहरु क्याम्पसमा अध्ययनरत् छन्।
क्याम्पसकाे आफ्नो होस्टेल नहुनुको कारण स्थानीय समाजले विद्यार्थीहरूलाई राख्न सक्ने बताएका छन्।

About Author

Advertisement