लोकसभा चुनाउः केन्द्रिय बलहरूको तैनाती मामिलामा बंगाल अब्बल

security-arrangements.jpg

९२ हजार जवानले सुरक्षा दिने

कोलकाता: लोकसभा चुनाउको एतिहासिक दंगल चलिरहेछ। पूरा देशमा सुरक्षा सुनिश्चित गर्न केन्द्रिय बलहरूको तैनाती भएको छ तर पश्चिम बंगालमा सबैभन्दा धेरै सेन्ट्रल फोर्सको तैनाती गरिन्दैछ।
चुनाउ आयोगसित सम्बन्धित एक वरिष्ठ अधिकारीले भने, राज्यमा केन्द्रिय बलहरूका ९२ जवानहरूको तैनाती गरिन्दैछ। यो देशको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशभन्दा पनि धेरै छ। विपक्षी दलहरूले चुनाउमा भारी हिंसा हुनसक्ने आशंका व्यक्त गरेका थिए। त्यसपछि चुनाउ आयोगले सबैभन्दा धेरै केन्द्रिय बलहरूको तैनाती गर्ने निर्णय लिएको छ।
यस बाहेक बंगालको राजनीतिक हिंसाको इतिहासलाई ध्यानमा राखेर यहाँ सात चरणमा चुनाउ गराउने फसेला लिइएको छ। केन्द्रिय बलहरूको अधिकर जवान बंगाल पुगिसकेका छन् र उनीहरूलाई तैनात गर्ने प्रक्रिया पनि चलिरहेछ। चुनाउअघि विभिन्न हिस्साहरूमा हिंसा रोक्नपनि यी अधिकारीहरूको तैनाती
महत्वपूर्ण छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement