आरिथाङ निर्वाचन क्षेत्रमा कुनै गोल किपर नभएको हुँदा गोल छिराउन कुनै कठीन नहुने: अरूण उप्रेती

गान्तोक: आरिथाङ निर्वाचन क्षेत्रको एसकेएम पार्टीका उम्मेदवार अरूण उप्रेतीले गत केही दिनदेखि यता आफ्नो चुनावी प्रचार प्रसार कार्यक्रममा तीब्र पारेका छन्। धेरै समर्थकहरूसहित आरिथाङ जनताको घर घरमा पुगेर उनले आफूलाई मतदान गर्ने आग्रह गर्दै आइरहेका छन्।

यसै क्रममा आज उनले आरिथाङको विभिन्न गाँउ र वार्डको भ्रमण गर्दै सबैको घर दैलोमा पुगेर मतदानको निम्ति अपील गरे। पत्रकारसँग कुराकानी गर्दै उप्रेतीले आरिथाङ निर्वाचन क्षेत्रमा कुनै गोल किपर नभएको हुँदा आफूलाई गोल छिराउन कुनै कठीन नहुने बताए। यस निर्वाचन क्षेत्रको निम्ति गत पाँच वर्षमा आफूले गरेको कामको गुण फर्काउने पनि जनताले विश्वासको साथमा आफूलाई बताएको उनको भनाइ रहेको छ।

गत पाँच वर्षमा यहाँका जनताको सुख-दुःखमा आफू सदैव खडा भएको र सरकार र आफ्नो तर्फबाट गर्न सक्ने सबै प्रकारको काम गरेकोमा यहाँ जनता एसकेएम पार्टी साथै आफूदेखि खुशी रहेको उनले दाबी गरे। आरिथाङ निर्वाचन क्षेत्रबाट आफूले जितिसकेको र चुनाउ त केवल औपचारिकता पुरा गर्नको निम्ति मात्र रहेको उनले बताए।

विशेष गरेर आरिथाङका जनताले धेरै वर्षदेखि राम्रो सडकको माग गर्दै आइरहेको र आफू विधायक हुनसाथ यो मागलाई प्राथमिकता दिँदै पूरा गरिदिएको उनले आश्वस्त गराए। २५ वर्षको शासनकालमा एसडीएफ पार्टीले यहाँ एउटा राम्रो सडक समेत निर्माण नगरेको र एसकेएम पार्टी सरकारमा आउनसाथ यो मागलाई प्राथमिकता दिँदै पूरा गरेपछि अहिले आरिथाङका जनताले सडकको समस्या झेल्न नपरेको उनले मन्तव्य प्रकट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement