गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको चुनावी जनसभा विजयी भवः उत्तर सिक्किमको मंगनस्थित नागा खेलमैदानमा सम्पन्न भइरहेको छ। उत्तर सिक्किमका तीन निर्वाचन क्षेत्र जङ्गु, लाचेन मंगन र काबी लुङचोकलाई लिएर आयोजना भइरहेको उक्त जनसभामा एसकेएम अध्यक्ष प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित छन्। नागा खेलमैदान जाने क्रममा बिहान मुख्यमन्त्री तामाङले पवित्र एवं ऐतिहासिक स्थल काबी लुङचोकमा पूजा अर्चना गरे। उनले राज्य र राज्यवासीहरूको कल्याणको निम्ति प्रार्थना गरे। मंगनमा प्रस्तावित विजयीःभव जनसभामा उत्तर सिक्किमको तीनैवटा निर्वाचन क्षेत्रका उम्मेदवारहरू लगायत जनसाधारण पनि उपस्थित छन्।