प्रचारको क्रममा भाजपा उम्मेद्वार खगेन मुर्मूको व्यवहारलाई लिएर तृणमूलले उठायो प्रश्न

1711769742_new-project-2024-03-30t075800-765.jpg

मालदा: चुनाउ प्रचारको क्रममा मालदह उत्तर लोकसभा केन्द्रका भाजपा उम्मेद्वार खगेन मुर्मूको व्यवहारलाई लिएर तृणमूल कंग्रेसले प्रश्न तेर्साएको छ। माइक्रो ब्लगिंग साइट एक्समा मंगलवार तृणमूल कंग्रेसले भाजपा उम्मेद्वारका केही तस्वीरहरू साझा गर्यो जसमा खगेन मुर्मूले एकजना महिलालाई म्वाई खाएको देखिएको छ।एक तस्वीरमा खगेन मुर्मूलाई एक महिलालाई म्वाई खाएको देखाइएको छ।यी तस्वरहरूलाई साझा गर्नको साथै तृणमूल कंग्रेसले आफ्नो आधिकारिक एक ह्याण्डलमा लेखेको छ, ‘यदि तपाईहरूले अहिले जे देखिरहनु भएको छ त्यसमा विश्वास लागेन भने हामी तपाईहरूलाई स्पष्ट पारिदिन्छौं। यी भाजपा सांसद तथा मालदा उत्तरका उम्मेद्वार खगेन मुर्मू हुन् जसले आफ्नो चुनाउ प्रचार अभियान अवधि आफ्नै खुसीले एक महिलालाई चुमिरहेका छन्।महिला पहलवानहरूको यौन उत्पीड़न गर्ने सांसददेखि लिएर बंगाली महिलाहरूमाथि अश्लील गीत बनाउने नेताहरूसम्म, भाजपा खेमामा महिला विरोधी नेताहरूको कुनै अभाव छैन। मोदीको परिवार यसरी नारी सम्मानमा लागिपरेको छ ! सोच्नुहोस्, यदि उनीहरू सत्तामा आयो भने के गर्नेछन्।यी तस्वीरहरूलाई लिएर भइरहेको विवादबीच खगेन मुर्मूले मुख खोलेका छन्। उनले दाबी गरे, ”यो तृणमूलको संस्कृति हो। प्रत्येकले नानीहरूलाई माया गर्छ। ती नानी मेरो परिचित र मेरो नजिकमा छन्। घटना अवधि नानीका माता-पिता पनि उपस्थित थिए। त्यो तस्वीरलाई फेसबुकमा भायरल गरेर तृणमूलले नारी जातिको अपमान गरेको। खगेनले चेताउनी पनि दिए, उनले उक्त घटनाको विरोधमा साइबर क्राइम र आयोग समक्ष सिकायत दर्ता गराउनेछन् ।यसबीच स्थानीय तृणमूल नेता बबलाले दाबी गरेका छन्, तस्वीर देखिएको छ। हुनसक्छ उनको ती महिलासित कुनै सम्बन्ध छ। तर यसरी सार्वजनिक स्थानमा चुम्बन गर्नु अत्यन्त निन्दनीय छ। भाजपाकै कुनै व्यक्तिले उक्त तस्वीरलाई भायरल गरिदिएको हो। यस्ता तस्वीरहरूलाई आम रूपमा उत्तर प्रदेश र बिहारमा
देखिन्छ। तर बंगालमा यस प्रकारको घटना साँच्चै नै निन्दनीय छ।थाहा लागे अनुसार जुन युवतीलाई खगेनले म्वाई खाएका छन् ती एक नर्सिंगकी छात्रा हुन्। यो तस्वीर भायरल भएर छात्राको बेइज्जति भएको छ। उनले यस मामिलामा आयोग समक्ष लिखित सिकायत गर्ने जानकारी समेत दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement