जलपाईगुड़ी: जलपाईगुड़ी मेडिकल कलेज एवं अस्पतालको सुपर स्पेशियलिटी विभागको चौथो तलास्थित मेल मेडिकल वार्डको शौचालयबाट एक व्यक्तिको सड़िसकेको शव उद्धार गरिएको छ।
यस घटनाको कारणले मंगलवार बिहान मेडिकल कलेज परिसरमा तनाउ व्याप्त भएको छ। सूचना पाएर जलपाईगुड़ी अग्निशमन विभागका कर्मी अनि पुलिसकर्मीहरू घटनास्थलमा पुगे। त्यसपछि ढोका भत्काएर शवलाई उद्धार गरियो। पुलिस अनुसार शव लगभग चार दिन पुरानो हो।
सूत्र अनुसार मेल मेडिकल वार्डको शौचालयको ढोका तीन-चार दिनदेखिको बन्द थियो। आज त्यहाँबाट दुर्गन्ध आइरहेको थियो जसले गर्दा पुलिसलाई सूचित गरियो। सूचना पाएर पुलिस मेडिकल कलेजमा पुग्यो अनि ढोका भत्काएर हेर्दा तीन छक्क पऱ्यो। शौचालयको भित्र सड़िएको शव थियो। अब यहाँ यो प्रश्न उठ्नु स्वभाविकै हो कि शौचालको ढोका यतिका दिनसम्म बन्द हुँदा पनि अस्पतालको हाउसकीपिंग स्टाफको ध्यान त्यतातिर किन गएन?
यस सम्बन्धमा मेडिकलका एमएसवीपी कल्याण खानले भने, घटना दुःखदायी छ। पुलिसलाई जाँच गर्न लगाइएको छ। मृतकको नाम र पहिचान अहिलेसम्म पत्तो लाग्न सकेको छैन।