सरकारी बसबाट गाँजा उद्धार

e0a4b8e0a4b0e0a495e0a4bee0a4b0e0a580-e0a4ace0a4b8-e0a4b8e0a587-e0a497e0a4bee0a482e0a49ce0a4be-e0a4ace0a4b0e0a4bee0a4aee0a4a6.jpg

काेचबिहार: उत्तर बंगाल राज्य परिवहन निगम (एनबीएसटीसी)- को दिनहाटा कृषि मेला डिपोमा सरकारी बसबाट गाँजाले भरिएको ब्याग भेटिएपछि हल्ला-खल्ला मच्चियो। मंगलवार कालियागंज जाने बस प्रस्थान हुनपूर्व नियमानुसार सम्बन्धित कर्मीहरूले बसको जाँच गर्दा दुई अज्ञात ब्याग फेला पारे। उक्त अज्ञात ब्यागमा के छ-छैन त्यो थाहा पाउन अगाड़ि नै बसमा बसेका दुईजना युवकले सुइँकुच्चा ठोके।

त्यसपछि संस्थाले दिनहाटा थानालाई सूचित गऱ्यो। सूचना पाएर पुलिसले घटनास्थलमा पुगी दुबै ब्यागको जाँच गर्दा ब्यागमा गाँजा रहेको पत्तो लाग्यो। एनबीएसटीसीको दिनहाटा डिपोका डीआई तारणीकान्त बर्मनले बताए, दिनहाटा थानाको पुलिसले घटनाको जाँच गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *