स्वतन्त्रता दिवस अगाडि आईबीद्वारा अलर्ट जारी

Intelligence_Bureau

नयाँ दिल्ली: स्वतन्त्रता दिवस अगाडि खुफिया एजेन्सी (आईबी) ले अलर्ट जारी गरेको छ। एजेन्सीहरू अनुसार आतङ्की संगठनहरूले दिल्लीलाई अशान्त बनाउने षड़यन्त्र रचिरहेका छन्। १५ अगस्तलाई लिएर आईबीले दिल्ली पुलिसलाई अलर्ट बस्न निर्देश दिएको छ। स्रोतहरू अनुसार १० पन्नाको रिपोर्टमा आईबीले आतङ्की संगठन लश्कर-ए-तैयबा र जैशका आतङ्कीले षड़यन्त्र रचिरहेको जानकारी दिएको छ। रिपोर्टमा आईएसआईले उनीहरूलाई लजिस्टिक मद्दत दिएर विस्फोट गराउन चाहेको कुरा बताइएको छ। यसमा धेरै नेताहरू र ठूला संस्थानका भवनहरूलाई निशाना बनाउन सकिने पनि उल्लेख छ।

आईबीको यो अलर्टमा जुलाई महिनामा जापानका पूर्व प्रधानमन्त्रीमाथि हमलाको पनि उल्लेख छ। दिल्ली पुलिसलाई १५ अगस्तको आयोजन स्थलमा प्रवेशको नियमलाई कडा गर्न निर्देश दिइएको छ। आईबीले उदयपुर र अमरावतीको घटनाको उल्लेख गर्दै भीड़भाड़ रहने ठाउॅंहरूमा रेडिकल ग्रुप र उनीहरूको गतिविधिमाथि कड़ा निगरानी राख्न निर्देश दिएको छ। रिपोर्टमा आतङ्की संगठनले प्यारा ग्लाइडर्सको प्रयोग गर्न सक्ने कुरा पनि उल्लेख छ। यस कारण बर्डरमा सीमा सुरक्षा बललाई सतर्क बस्न निर्देश जारी गरिएको छ। आईबीले आफ्नो रिपोर्टमा ती ठाउॅंहरूमाथि विशेष निगरानी राख्न निर्देश दिएको छ जहाँ रोहिंग्या र अफगानी नागरिकहरू बसेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement