खरसाङ नगरपालिका क्षेत्रमा पानीको अभाव पूरा गर्नलाई नगरपालिका र पीएचई विभागमाझ सभा

IMG-20240409-WA0216.jpg

जनतालाई पानी वितरण गर्नलाई नगरपालिका निरन्तर लागि परेको छ : सुवास प्रधान

खरसाङ: वर्तमान समयमा खरसाङ नगरपालिका क्षेत्रमा पानीको अभाव भईरहेकोले पानी वितरण आपूर्तिलाई पूर्ण गर्नलाई खरसाङ नगरपालिकाको पहलमा नगरपालिका र पीएचई विभागमाझ सभा सम्पन्न भएको छ। विशेष गरी वर्तमान सुक्खायामले पानीको मुहानहरू सुक्दै जाँदा खरसाड नगरपालिकाको कतिपय वार्डहरूमा खाने पानी वितरण गर्न धेरै असुविधा परिरहेको छ। उक्त समस्यालाई मध्येनजर राख्दै खरसाड नगरपालिका अध्यक्ष ब्रिगेन गुरूङको प्रेक्षागृहमा पीएचई विभागको कार्यकारी अभियन्ता मणिरत्न मंग्राती अनि एसएई साथै खरसाङ नगरपालिकामाझ सभा सम्पन्न भएको छ। सभामा नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङ, उपाध्यक्ष सुवास प्रधान र अन्य पदाधिकारीहरू उपस्थित रहेका थिए। सभामा नगरपालिका क्षेत्रमा पानीको वितरण सुचारू गर्नलाई विभिन्न उपायहरू र योजनाहरू तयार पारिएको जानकारी प्राप्त भएको छ। यसको साथै पानीको वितरण सठीक गर्नलाई नगरपालिका कटिबध्द रहेको र दैनिक बिहानदेखि लगातार कार्य गरिरहेको विषयमा पनि छलफल गरिएको छ। खरसाङ नगरपालिकाको विभिन्न वार्डहरूमा पानीको आपूर्ति पूरा गर्नलाई खरसाङको ईगल क्र्यागमा रहेको ठूलो पानीको ट्यांकीको पनि अधिकारीहरूले निरीक्षण गरेका छन्। यसको साथै विभिन्न खोला नालाहरूको निरीक्षण र पानीको पाइपहरूमा गैर कानूनी रुपमा ट्यापिङ रोक्ने विषयमा पनि कार्य गरिरहेको र वर्तमान समयमा नगरपालिका क्षेत्रमा अब पानीको अभाव पूरा गर्नलाई गाड़ीमा ल्याएर पनि भर्ने कार्य गरिने विषयमा छलफल गरिएको जानकारी प्राप्त भएको छ। सभामा पानी नपरेर सुक्खा समय भएकोले पानीको अभाव भईरहेको भए पनि पानीको समस्या समाधान गर्न नगरपालिकाले कार्य गरिरहेको र विभिन्न पानीको स्रोतहरू र माध्यमबाट पानी वितरण गरिने विषयमा छलफल गरिएको बताइएको छ। यस सभा साथै पानी वितरण विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिका बोर्ड अफ् एडमिनिस्ट्रेशनको भाइस चेयरम्यान सुवास प्रधानले अहिले पानी नपरेर तापमानमा बढोत्तरी भएर पानीको अभाव भईरहेकोले यसमाथि चर्चा गर्न साथै समाधानको लागि छलफल गर्नलाई आज नगरपालिका र पीएचई विभागमाझ सभा गरिएको जानकारी गराएका छन्। उनले खरसाङ नगरपालिकाको विभिन्न वार्डहरूमा पानीको समस्या समाधान गर्नलाई साथै पानी वितरणमा जनतालाई राहत दिनलाई दुर्बीन डाँड़ामा रहेको पानीको ट्यांकी निरीक्षण गरिएको साथै पानीको लागि खोला नालाहरू पनि निरीक्षण गरिएको बताएका छन्। उनले भने, पानीको पाइपहरूमा गैर कानूनी ट्यापिङहरू बन्द गर्न कार्य गरिरहेका छौं, पानीको वितरणको लागि जीटीए प्रमुख अनित थापाको अगुवाईमा पैहेनी खोलाको पानी ल्याइएको, फादर अब्राहमको वुड कट नजिकमा रहेको नगरपालिकाको जमीनमा पानीको ठूलो ट्यांकी बनिरहेको, भत्केको पानीको पाइपहरू मरमत्ति गरिरहेको साथै ठूलो वाटर हारभेस्टिङको ट्यांकी पनि निर्माण भईरहेको छ।’

नगरपालिका उपाध्यक्ष सुवास प्रधानले अहिले पानीको वितरण संकटग्रस्त भए पनि नगरपालिका निरन्तर लागिपरेको छ भन्दै पानीको अभावमा जनतालाई आक्रोशित नबनिदिने अनुरोध पनि गरेका छन्। उनले नगरपालिका पानीको समस्या समाधान गर्नलाई लगातार कार्य गरिहेका छन् अनि पानीको लागि कसैले पनि राजनीति नगरिदिने अनुरोध पनि गरेका छन्।

About Author

Advertisement