३० हजार किलोभन्दा बढी भारतीय चिनी बरामद

3656923-112.webp

तुरा(मेघालय): मेघालय पुलिस र सीमा सुरक्षा बलले छिमेकी मुलुक बंगलादेशमा तस्करी गर्न लागिएको ३० हजार किलोभन्दा बढी भारतीय चिनी बरामद गरेको छ। दक्षिण गारो हिल्सस्थित भारत-बंगलादेश सीमा नजिकैको जंगल क्षेत्रमा रहेको एक परित्याग घरबाट उक्त चिनी बरामद गरिएको हो। एक विज्ञप्ति अनुसार ०१ र २०० बटालियनका बीएसएफ जवानहरूले एक सूचनाको आधारमा भारत-बंगलादेश सीमा नजिकै मेघालय पुलिससँग संयुक्त अपरेशन गरे। कारबाहीका क्रममा ३० हजार किलोभन्दा बढी भारतीय चिनी बरामद गरी जफत गरियाे।
यसैबीच बरामद सामानलाई आवश्यक कारवाहीको लागि सम्बन्धित पुलिस थानामा बुझाइएको छ।

About Author

Advertisement