कालचिनी: बिहीबार क्लाउडेड लेपर्ड दिवसको उपलक्ष्यमा बक्सा ब्याघ्र प्रकल्पले बक्सा जंगलको क्यामेरा ट्र्यापमा कैद क्लाउडेड लेपर्डको तस्वीर सञ्चारकर्मीहरु समक्ष जारी गरेको छ। बक्सा ब्याघ्र प्रकल्प पश्चिमको डीएफडी प्रवीण कासवानले पत्रकारहरुसित सम्मुखिन हुँदै यसै त क्लाउडेड लेपर्डको अस्तित्व बक्सा जंगलमा पहिलादेखि नै रहेको र क्यामेरा ट्र्यापमा धेरै फोटोहरु रहेकोमध्ये बिहीबार क्लाउडेड लेपर्डको विशेष तस्वीर सार्वजनिक गर्दै यसको संरक्षणमा वन विभाग प्रतिबद्ध रहेको जनाएका छन्।
विश्वमै लोपोन्मुख हुन लागेको क्लाउडेड लेपर्डको अस्तित्व बक्सा जङ्गलको जैव विविधताभित्र पनि रहेको प्रमाण भएको र अहिले यसको अनुसन्धान चलिरहेको पनि डीएफडी सुत्रले जनाएका छन्। पछिल्लो ६० वर्षभित्र प्रायः ३५ प्रतिशत क्लाउडेड लेपर्डको संख्या कम भएर गएको र यसको संरक्षणमा बक्सा ब्याघ्र प्रकल्प लागिपरेको जनाएका छन्। मूलतः पहाड़ी जङ्गलमा बस्न मन पराउने क्लाउडेड लेपर्डको संरक्षणतर्फ बन विभागले ध्यान दिएको र आज विशेष क्लाउडेड लेपर्ड दिवसको अवसरमा बक्साको कोर जङ्गलबाट क्यामेरामा कैद गरिएको सुन्दर तस्वीर सार्वजनिक गरिएको डीएफडी प्रवीण कासवानले जनाएका छन्।