झापा, नेपाल: पूर्वी नेपालको झापाको बिर्तामोडमा चोरीको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–९ का १९ वर्षीय हरि गुरुङ रहेको जिल्ला पुलिस कार्यालय झापाले जनाएको छ। बिर्तामोड नगरपालिका–८ स्थित डाँडागाँउबाट गुरुङलाई सोमबार दिउँसो २ बजे पक्राउ गरेको हो। जिल्ला पुलिस कार्यालय झापाबाट खटिएको पुलिस टोलीले मे. १० प ३२०७ नम्बरको होन्डा कम्पनीको साइन मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा गुरुङ पक्राउ परेको पुलिसले जनाएको छ। उनलाई आवश्यक कारबाहीका लागि इलाका पुलिस कार्यालय अनारमनीमा राखिएको छ।