दुई दिने ‘मतदाता जागरूकता’ कार्यक्रम सम्पन्न

IMG-20240409-WA0200

दार्जीलिङ: भारत सरकारको संचार ब्यूरो, सूचना तथा प्रसारण मन्त्रालय, सिलगढीको आयोजनामा दुई दिने ‘मतदाता जागरूकता’ कार्यक्रम सम्पन्न भयोl यो कार्यक्रम दार्जीलिङ जिल्लाका दुई फरक ठाउँमा हिमालयन माउन्टेनियरिङ इन्स्टिच्युट (एचएमआई) दार्जीलिङ र एसआरबीटी कलेज, दार्जीलिङ हिजो र आज (८-९ अप्रेल)मा सम्पन्न भयोl एचएमआई, दार्जीलिङमा सम्पन्न भएको पहिलो दिनको कार्यक्रममा प्रमुख अतिथि मेजर मिनाक्षी र अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिएl कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

दार्जीलिङको श्री रामकृष्ण बीटी कलेज (बीएडी)को कन्फरेन्स हलमा सम्पन्न भएको दोस्रो दिनको ‘मतदाता जागरुकता’ कार्यक्रम लोकसभा चुनाव २०२४ को लागि आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता प्रमुख अतिथि श्रीमती लोचन थापा (टीआईसी, एसआरबीटीसी)ले गरेकी थिइन्। रमन बट (डेपुटी मजिस्ट्रेट), प्राध्यापक खिरन सुब्बा (एसआरबीटी कलेज), प्राध्यापक महेश दाहाल (घुम जोरबङ्लो कलेज), नमश्री राई (डिजास्टर प्रोफेसनल) जस्ता स्रोत व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम सफल भएको थियो। बी.एड कलेजका प्रशिक्षार्थीहरूले स्रोत व्यक्तिहरुद्वारा प्रस्तुत गरिएका सचेतना कार्यक्रमको महत्व, कार्यविधि, सचेतना, भोट हाल्ने र सान्दर्भिक विषयहरुमा ध्यानपूर्वक सुने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *