नयाँ हसिमारा क्षेत्रमा जंगली भैंसीको आक्रमणमा एक व्यक्ति घाइते

1000579021.jpg

अलिपुरद्वार: बाइसनको आक्रमणमा परी एक व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। घटना जिल्लाको कालचिनी ब्लकमा सताली चिया बगानको आउट डिभीजनस्थित आठ नम्बर लाइन अनि न्यू हासीमारा क्षेत्रको हो। घाइते व्यक्तिलाई लताबाड़ी ग्रामीण अस्पतालमा भर्ती गरिएको छ। बाइसनको आक्रमणले न्यू हासीमाराको मछुआपट्टीस्थित एउटा घर पनि क्षतिग्रस्त भएको छ।

सूचना पाएपछि जलदापाड़ा वन्य जीव विभागको नीलपाड़ा रेञ्ज र जलदापाड़ा नेशनल पार्कका वन कर्मचारीहरू घटनास्थलमा पुगे। हासीमारा चौकी पुलिस पनि घटनास्थलमा पुग्यो। त्यसपछि लगभग अढ़ाई घण्टाको कड़ा परिश्रमपछि वन कर्मीहरूले बाइसनलाई बेहोस बनाएर नियन्त्रित गरे। त्यसपछि बाइसनलाई वन कर्मीहरूले उद्धार गरी जलदापाड़ा लिएर गए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *