बागडोग्रा: झोला लिएर घरबाट निस्केका एक व्यक्ति रहस्यमय रुपमा बेपत्ता भएका छन्। यो घटनाले क्षेत्रमा निकै सनसनी मच्चिएको छ। यो घटना रंगपानी नजिकैको धजुजोत गाउँको हो। बेपत्ता व्यक्तिको नाम सचिन सिंह (३८) हो। सोमबार बिहान सात बजे सचिन आफ्नो टोटो लिएर घरबाट निस्किएको परिवारका सदस्यले बताएका छन् ।साँझ पर्दा पनि उनी घर फर्किएनन्। उनको मोबाइल पनि स्वीच अफ छ। धेरै ठाउँमा खोज्दा पनि उनको पत्ता लागेन। त्यसपछि आज बिहान परिवारका सदस्यहरूले बागडोग्रा पुलिस थानामा हराएको उजुरी दिएका थिए। बागडोग्रा पुलिस थानाले घटनाको अनुसन्धान सुरु गरेको छ।