साहुडांगी-गन्धारमोर प्रदेश सडकमा पिकअप भ्यान र टोटो ठोक्किँदा एकजना घाइते

3650538-10.webp

राजगञ्ज: पिकअप भ्यान र टोटो ठोक्किँदा टोटो चालक घाइते भएको जानकारी प्राप्त भएको छ।यो घटना साहुडांगी–गण्डारमोर प्रदेश सडकमा रहेको नवपाडा प्राथमिक विद्यालय अगाडि भएको हो। प्राप्त जानकारी अनुसार साहुडाङ्गी दिशाबाट तीव्र गतिमा गण्डमोरतर्फ जाँदै गरेको पिकअप भ्यानसित दुर्घटना भएको हो। त्यसपछि सो पिकअप भ्यान विपरित दिशाबाट आउँदै गरेको टोटोसँग ठोक्किएको थियो। यो ठक्करबाट टोटोलाई क्षति पुगेको छ। टोटोमा सवार टोटो चालक पनि घाइते भएका छन्। यता, घटनाको खबर पाएलगत्तै नवापाडा नहर मोडको ट्राफिक थानाबाट पुलिस र अम्बरी थानाको पुलिस घटनास्थलमा पुगेको थियो। घाइते चालकलाई उपचारपछि फुलबारीस्थित निजी अस्पतालमा पठाइएको छ। पुलिसले दुवै सवारीसाधनलाई पुलिस थानामा लगेर घटनाको सम्पूर्ण अनुसन्धान थालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement