तृणमूल पञ्चायत सदस्यद्वारा आरटीआई

016e55df51-2444-4044-86fd-778fc33f2ac8

कालचिनी: कालचिनी खण्डको तृणमूल सञ्चालित जयगाउँ दुई नम्बर ग्राम पञ्चायतमा भएको कामको आरटीआई आफ्नै दलको पञ्चायत सदस्यले गरेकोमा जयगाउँ दुई नम्बर ग्राम पञ्चायतमा सनसनी मच्चिएको छ। तृणमूल पञ्चायत सदस्य पासाङ शेर्पाद्वारा ग्राम पञ्चायतको १० लाख र ५ लाख लागतको काम ई-टेण्डर नगरीकन कामको बिल कसरी निस्कियो भन्दै पीआरओ समक्ष आफ्नो आरटीआई जमा गरेको छ। यता यस घटनाले तृणमूल सञ्चालित जयगाउँ दुई नम्बर ग्राम पञ्चायत सञ्चालन समितिका सदस्यहरुले केही बताउन नचाहेता पनि वर्तमान प्रधान छुङ्कु लामाले आफू प्रधान पदमा बसेको मात्र केही महीना भएकोले यसबारे केही जानकारी नभएको र यसबारे ग्राम पञ्चायत सचिव र सम्बन्धित विभागले नै जवाफ दिने बताएकी छिन्।

अर्कोतिर जयगाउँ दुई नम्बर ग्राम पञ्चायतको सचिवले आरटीआई गर्ने अधिकार सबैको रहेको र आरटीआईको जवाफ जमाकर्ता पञ्चायत सदस्यले अवश्यै पाउने जनाएका छन्। तृणमूल पञ्चायत सदस्य पासाङ लामाले ५ लाख भन्दा अधिक रकमको सबै कामहरुको ई-टेण्डर हुनपर्नेमा २०१३ को एउटा काम २०२२ को मार्च महीनाको एउटा कामको टेण्डर नभई काम कसरी भयो यसबारे आरटीआई गरिएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement