लाहौर: पूर्व अलराउण्डर अजहर महमूदलाई सबै प्रारूपको निम्ति पाकिस्तान पुरुष क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त गरियो। महमूदलाई न्यूजील्याण्ड विरुद्ध १८ अप्रेलदेखि शुरु भइरहेको घरेलु टी२० सीरीजको निम्ति अन्तरिम मुख्य प्रशिक्षक नियुक्त गरिएको पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले घोषणा गरेको छ। न्यूजील्याण्ड विरुद्ध टी२० सीरीजको अन्तिम म्याच २७ अप्रेलमा लाहौरको गद्दाफी स्टेडियममा खेलिनेछ। पीसीबी-ले आफ्नो अधिकारिक बयानमा भनेको छ, अजहरले १८४ वटा अन्तर्राष्ट्रिय म्याचमा पाकिस्तानको प्रतिनिधित्व गरेर १६२ विकेट लिनको साथै २४२१ रन बनाएका छन्। पाकिस्तान क्रिकेट टीमसँग अजहरले २०१६-देखि २०१९-सम्म बलिंग प्रशिक्षकको रूपमा पनि काम गरेका थिए। यसबीच वहाब रियाजलाई सीनियर टीम म्यानेजर र मोहम्मद यूसुफलाई ब्याटिंग प्रशिक्षक नियुक्त गरिएको छ। अष्ट्रेलिया र न्यूजील्याण्ड यात्रामा बलिंग प्रशिक्षक रहने सईद अजमल आफ्नो पदमा कायम रहनेछन्। यसबीच पाकिस्तानको पुरुष क्रिकेट टीम अहिले फिटनेसमा सुधार गर्न पाकिस्तान सेनाका प्रशिक्षकहरूद्वारा आयोजित फिटनेस शिविरमा रहेको छ।