क्रिस्टियानो रोनाल्डोलाई रेड कार्ड, अल-नस्रको बिदाई

IMG-20240409-WA0162.jpg

अबु धाबी: सऊदी सुपर कप फूटबल टुर्नामेण्टमा क्रिस्टियानो रोनाल्डोको टीम अल-नस्रको बिदाई भयो। यहाँको मोहम्मद बिन जायेद स्टेडियममा सोमवार राति खेलिएको टुर्नामेण्टको सेमिफाइनलमा अल-नस्रलाई चीरप्रतिद्वन्द्वी अल-हिलालले २-१-ले पराजित गऱ्यो। पोर्तुगलका रेकर्ड गोल स्कोरर रोनाल्डोलाई म्याचको अन्ततिर रेड कार्ड पनि देखाइयो। वास्तवमा रोनाल्डोले विपक्षी खेलाड़ीलाई कुहिनाले हिर्काएका थिए अनि त्यस समय उनको टीम ०-२-ले पछि रहेको थियो। रेफरीले पनि रोनाल्डोलाई ८६औं मिनटमा सीधै रेड कार्ड देखाए। रेड कार्ड देखेपछि रोनाल्डोले क्रोधमा आएर रेफरीलाई घुस्सी पनि देखाए तर चाँड़ै उनले आफ्नो गल्ती बुझेपछि मैदान छोड़े। मैदान छोड़्दा उनले ताली बजाएर रेफरीको फसेलाको खिल्ली उड़ाए। यस हारपछि रोनाल्डोको सऊदी अरबमा ट्रफी जित्ने सपना यस सीजनमा पनि साकार नहुने स्पष्ट भयो। अल-नस्र एशियन च्याम्पियन्स लीगबाट अगावै बाहिर भइसकेको छ। यसरी घरेलु लीग (सऊदी प्रो लीग)-मा पनि अल नस्र अहिले शीर्षमा रहने अल-हिलालभन्दा १२ पोइण्ट्स पछि रहेको छ, जबकि यस सत्रमा केवल ७ वटा म्याच बाँकी रहेको छ। रोनाल्डो २०२३-मा रेकर्ड अनुबन्धको साथ अल-नस्रमा सामेल भएका थिए। सऊदी सुपर कपको सेमिफाइनलमा अल-हिलालबाट सालेम अलदावसरीले ६१औं र माल्कोमले ७२औं मिनटमा गोल गरे। यसरी अल-नस्रबाट सादियो मानेले इञ्ज्युरी टाइमको नवौं मिनटमा एक गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement