मोण्टे कार्लो: भारतका शीर्ष एकल खेलाड़ी सुमित नागलले यहाँ विश्वका ३८औं नम्बरका खेलाड़ी मातेओ अर्नाल्डीलाई पराजित गरी पहिलोपल्ट एटीपी मास्टर्स टुर्नामेण्टको मुख्य ड्र-मा जीत हासिल गरे। भारतका स्टार खेलाड़ी नागलले क्वालीफाईंग टुर्नामेण्टको माध्यमले क्ले कोर्टमा खेलिने मोण्टे कार्लो मास्टर्स १००० टुर्नामेण्टमा स्थान बनाएका थिए। नागलले पुरुष एकलको पहिलो राउण्डमा इटलीका प्रतिद्वन्द्वीलाई ५-७, ६-२, ६-४-ले पराजित गरे। दोस्रो राउण्डमा उनको भिड़न्त डेनमार्कका होल्गर रुनेसँग हुनेछ, जो विश्व ऱ्याङकिंगमा सातौं स्थानमा रहेका छन्। नागलले आफ्नो करियरमा तीनपल्ट शीर्ष ५०-मा सामेल खेलाड़ीहरूलाई पराजित गरिसकेका छन् जबकि यस सत्रमा यस स्तरका खेलाड़ी विरुद्ध यो उनको दोस्रो जीत हो। उनले सत्रको शुरुवातमा मेलबर्नमा अष्ट्रेलियन ओपनमा विश्वका २७औं नम्बरका खेलाड़ी अलेक्जेण्डर बुबलिकलाई पराजित गरेका थिए। यसअघि उनले मार्च २०२१-मा चिलीका क्रिस्टियन गेरिनलाई पनि अर्जेण्टिना ओपनमा पराजित गरेका थिए। आफूभन्दा उच्च ऱ्याङकिंग भएका खेलाड़ीलाई पराजित गरी मुख्य ड्र-मा प्रवेश गर्ने नागलले यस जीतपछि करियरमा पहिलोपल्ट ८०औं ऱ्याङकिंगमा पुग्ने सुनिश्चित गरेका छन्। अहिले उनी वर्ल्ड ऱ्याङकिंगमा ९५औं स्थानमा रहेका छन्। नागलले मार्चमा इण्डियन वेल्स टुर्नामेण्टको निम्ति पनि क्वालीफाई गरेका थिए तर पहिलो राउण्डमै कनाडाका मिलोस राओनिक विरुद्ध पराजित भएका थिए।