चेन्नई: चेन्नईको एमए चिदम्बरम स्टेडियममा चेन्नई सुपर किंग्स (सीएसके) विरुद्ध कलकत्ता नाइट राइडर्स (केकेआर)-ले आईपीएल २०२४ सीजनमा पहिलोपल्ट हारको सामना गर्नु पऱ्यो। सोमवार राति खेलिएको म्याचमा सीएसके-ले केकेआर-लाई ७ विकेटले पराजित गऱ्यो। म्याचको सबैभन्दा रोचक क्षण त्यस समय आयो, जब चेन्नईलाई जीतको निम्ति ३ रनको आवश्यकता थियो अनि एमएस धोनी क्रीजमा आए। धोनीले मैदानमा प्रवेश गर्नको साथै दर्शकहरूले १२५ डेसिबलको शोर मचाएर स्टेडियम थर्काए। म्याच हारेपछि कुराकानीको क्रममा केकेआर-का कप्तान श्रेयस अय्यरले त्यसबारे पनि टिप्पणी गरे। उनले हारका कारणहरूबारे चर्चा गर्न अघि धोनीको निम्ति दर्शकहरूले लगातार गरिरहेको समर्थनलाई देखेर भने, यो आवाज त बहिरा बनाउने जस्तो छ तर म आफ्नो कुरा अवश्यै राख्नेछु। श्रेयसले भने, पावरप्ले-मा हामीले असल शुरुवात गरे पनि लगातार विकेट गुमायौ। पावरप्ले पछि हामीले परिस्थितिहरूका सही तरिकाले आकलन गर्न सकेनौ। यहाँ रन बनाउनु सजिलो थिएन। उनीहरू (सीएसके) यहाँको परिस्थितिहरूसँग अवगत छन् अनि उनीहरूले आफ्नो योजनाहरू अनुसार बलिंग गरे। यहाँ पहिलो बलदेखि नै शट् खेल्नु सजिलो थिएन। हामीले रन गतिलाई बढ़ाउने प्रयास गऱ्यौं तर त्यो योजना अनुसार हुन सकेन। पावरप्ले पछि विकेट बद्लियो। शुरुवातमा हामी आरामदायक स्थितिमा थियौं अनि १६०-१७० राम्रो स्कोर लागिरहेको थियो तर हामीले गति गुमायौ। हामीले यस हारबारे चर्चा गर्नु पर्नेछ अनि यसबाट शिक्षा लिनु पर्नेछ। टुर्नामेण्टको शुरुमै यस्तो भएर म खुशी छु।
म्याचको कुरा गर्दा केकेआर-ले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो। कप्तान श्रेयस अय्यरले सर्वाधिक ३४ रन बनाए। उनले केवल ३ वटा चौका लगाए। यसबाहेक सुनिल नारिनले २७ र अंगकृष रघुवंशीले २४ रनको योगदान दिए। नारिनले 3 वटा चौका र २ वटा छक्का लगाए। भेंकटेश अय्यर ३, रिंकू सिंह ९ र आन्द्रे रसेल १० रन बनाएर आउट हुँदा केकेआर-ले रन गतिलाई बढ़ाउन सकेन। सीएसके-का बलरहरूमा रविन्द्र जडेजा र तुषार देशपाण्डेले सर्वाधिक ३-३ विकेट लिए। यसबाहेक मुस्ताफिजुर रहमानले २ विकेट हासिल गरे। जवाफमा सीएसके-ले कप्तान रुतुराज गायकवाड़ (अविजित ६७)-को अर्द्धशतकको सहायताले १७.४ ओभरमै ३ विकेटमा १४१ रन बनाएर म्याच जित्यो। गायकवाड़ले ५८ बल खेलेर ९ वटा चौका लगाए। यसबाहेक शिवम दुबेले २८ र डेरिल मिचेलले २५ रनको योगदान दिए। केकेआर-का बलरहरूमा वैभव अरोड़ाले २ विकेट लिए।