लखनऊ(उत्तर प्रदेश ): आईपीएल २०२४-मा गुजरात टाइटन्स विरुद्ध इकाना स्टेडियममा लखनऊ सुपर जाइण्ट्सको पहिलो जीतमा पेस बलर यश ठाकुरले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। जीतको निम्ति १६४ रनको सानो लक्ष्य रहे पनि गुजरात टाइटन्सले १३० रन मात्र बनाउन सक्यो। यशले ५ विकेट लिएर आफ्नो टीमलाई जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। प्लेयर अव् द म्याच चयन हुने यशले भने, आजको ५ विकेट हासिल गर्नको साथै अनि प्लेयर अव् द म्याच पुरस्कारले म खुशी छु। मैले गिल विरुद्ध योजना बनाएको थिए अनि म आफ्नो योजनामा कायम रहे। मलाई कप्तान राहुलले यस्तो गर्ने सल्लाह दिएका थिए, जसले मलाई फाइदा भयो। दुर्भाग्यले मयंक यादवलाई चोट लाग्यो । त्यस समय कप्तानले मलाई मौकाको फाइदा उठाउनु भनेका थिए। हामीले आईपीएल इतिहासमा गुजरात टाइटन्स विरुद्ध पहिलोपल्ट म्याच जित्यौं अनि म खुशी छु। यशले आफ्नो पुरस्कार आफ्ना दिवांगत पितालाई समर्पित गरे। यशले भने, उनले मलाई यस स्तरसम्म पुऱ्याउन धेरै संघर्ष गरेका थिए। यही उनको सपना पनि थियो। आज दिवांगत पिताको सपना पूरा गरेर खुशी छु।