पाँचवटा निर्वाचन क्षेत्रलाई लिएर बुर्तुकमा एसकेएम पार्टीको चुनावी जनसभा सम्पन्न

IMG-20240408-WA0213.jpg

समृद्ध सिक्किम निर्माण गर्न एसकेएम पार्टी सरकारमा आउन आवश्यक छः प्रेमसिंह तामाङ

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको चुनावी जनसभा विजय भवः आज बुर्तुकको काजी खेतमा सम्पन्न भयो। बुर्तुक, गान्तोक, स्यारी, आरिथाङ अनि अप्पर तादोङ समष्टिलाई लिएर संयुक्त रुपमा आयोजित जनसभामा मुख्य अतिथिकोरुपमा पार्टी अध्यक्ष प्रेमसिंह तामाङ उपस्थित थिए भने लोकसभा उम्मेदवार डा. इन्द्रहाङ सुब्बा क्रमैले यी पाँच समष्टिका एसकेएम पार्टीका उम्मेदवार केएन लेप्चा, कला राई, दिले नामगेल बर्फुङपा, अरुण उप्रेती अनि जीटी ढुंगेलको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रेमसिंह तामाङले सुनौलो अनि समृद्ध सिक्किम निर्माण गर्नको निम्ति फेरि पनि एसकेएम पार्टीलाई सरकारमा ल्याउन आवश्यक रहेको अनि जनताले पक्कै पनि आशिर्वाद दिएर फेरि पनि सरकारमा पुऱ्याउने आशा व्यक्त गरे। बुर्तुक समष्टिका जनताले आफूमाथि लगाएको राजीनतिक गुणलाई कला राईको मार्फत फर्काउने बचन दिए। विगतमा आफूलाई पार्टीले बुर्तुक क्षेत्रबाट उम्मेदवारको रुपमा पठाए पनि त्यही पार्टीका नाइकेले आफूलाई हराउन अनेक प्रकारको कुटनीति गरेको यहाँसम्म कि आफ्नो ज्यानसम्म लिने प्रयास गरेको आरोप लगाए। तर यहाँको जनताले सँधै आफूमाथि विश्वास राखेर आफूलाई विजयी बनाएको अनुभव साझा गरे। पूर्व सरकारको नेताले आफूलाई बदनाम गर्नलाई धेरै कीर्ते पर्चाहरू वितरण गरेको किटान गरे। तर यहाँको जनताले सँधै नै आफूलाई माया गरेको उनले विश्वास व्यक्त गरे।

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार आफ्नो पहिलो कार्यकालमा शहरी क्षेत्रको समस्याहरूलाई समाधान गर्नको निम्ति धेरै कार्य गरेको बताए। सड़क, पार्किङ, अनि अनय समस्याहरूलाई सरकारले समाधान गरेको बताए। सिक्किम शहरी आवास योजना अन्तर्गत सिक्किममा रहेका शहरहरूका गरीब परिवारलाई घरको व्यवस्था गरेको उनले बताए। अब फेरि सरकार बनेपछि गान्तोकको ट्राफिक समस्यालाई समाधान गर्नको निम्ति सरकारले २ सय करोड़ रुपियाँ छुटाइसकेको बताए। रानीपूलदेखि गान्तोकसम्म रोपवेको बनाएर ट्राफिक समस्यालाई सदैवको निम्ति समाधान गर्ने एसकेएम पार्टीले योजना बनाएको अवगत गराए।

अब दोस्रो कार्यकालमा हरेक प्रकारको समस्याहरूलाई समाधान गरेर सुनौलो अनि समृद्ध सिक्किम निर्माण गर्ने दिशामा काम गर्ने बताए। यसैले अब सबै उम्मेदवारहरूलाई विजयी बनाउने उनले आग्रह गर्दै आगामी १९ अप्रेलको दिन विधानसभा अनि लोकसभाको चुनाउमा टेबल ल्याम्पको चिन्हमा भोट लगाउने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement