जनरल अबजर्भर यादवले गरे पोलिङ स्टेशनको निरीक्षण

IMG-20240408-WA0212.jpg

गेजिङ: गेजिङ जिल्लाको निम्ति जनरल अबर्भरकोरूपमा आएका पंकज यादवले आज गेजिङ जिल्ला अन्तर्गत रहेका विभिन्न पोलिङ स्टेशनहरूको निरीक्षण गरे। विशेष गरेर उनले पोलिङ स्टेसनहरूमा हुनुपर्ने विभिन्न प्रकारको व्यवस्थाबारे जानकारी लिने उद्देश्यले निरीक्षण गरेका हुन्। यस अवसरमा उनले बर्मेक वरिष्ठ माध्यमिक विद्यालय, पेचरेकको प्राथमिक पाठशाला, बि-पातालको सरकारी निम्न माध्यमिक विद्यालय र हि ग्राम पञ्चायतको ग्रामीण प्रशासनिक केन्द्रको निरीक्षण गरेका हुन्। उनले पोलिङ स्टेशनहरूमा सुरक्षा व्यवस्थाको जायजा लिएपछि सबै कुराको प्रबन्ध राम्रो भएकोले सन्तुष्ट व्यक्त गरेका छन्। उनले निर्वाचन प्रक्रियामा मतदातालाई प्रभावकारी र सुरक्षित रूपमा समायोजन गर्न आफूहरू तयार रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement