भाजपा लोकसभा सांसद उम्मेदवार दिनेशचन्द्र नेपालले गरे गेजिङ बर्मेक निर्वाचन क्षेत्रको भ्रमण

n59860192617125980397111d85294a4858e6b9d0b0936cc3494053236bd699bfe6a02b412f7d90dafbade9.jpg

गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमको लोकसभा सांसद उम्मेदवार दिनेशचन्द्र नेपालले आज गेजिङ बर्मेक निर्वाचन क्षेत्रको भ्रमण गरी स्थानीय जन समुदायसँग विभिन्न विषयमा विचार आदान प्रदान गर्नुका साथै छलफल गरेका छन्।

यस अवसरमा उनको साथमा गेजिङ बर्मेक निर्वाचन क्षेत्रका भाजपा उम्मेदवार भरत दुलाल, पार्टीका वरिष्ठ सदस्य एनबी खतिवडा, लोकसभा विस्तारक याप छिरिङ भोटिया र पार्टी कार्यकताहरू थिए। नेपाल गेजिङ बजारमा घरदैलो अभियानमा पनि सहभागी भएका थिए।

प्रदेश भाजपाले जारी गरेको प्रेस विज्ञप्तिमा भनेको छ, ‘राज्यमा बढ्दो राजनीतिक हिंसा, भ्रष्टाचार, नातावाद र अन्य विकृतिका विरुद्ध जनसाधारण अहिले सचेत भइरहेका छन्। अब सिक्किमका जनता शान्ति र विकासको बाटोमा अगाडि बढिरहेका छन्। भारतीय जनता पार्टी एकमात्र सक्षम र भरपर्दो राजनीतिक विकल्प हो, जसले सिक्किमका जनताको सुरक्षा र विकास सुनिश्चित गर्न सक्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement