सञ्जय दत्तले चुनाव लड्ने हल्लाको अन्त्य गरे

recall-sanjay-dutt-sixteen_nine.jpg

मुम्बई: आगामी कन्नड फिल्म ‘केडी-द डेविल’ मा देखिने अभिनेता सञ्जय दत्तले राजनीतिमा आउने खबरबारे आफ्नो स्पष्टीकरण दिएका छन्। अभिनेताले सोमबार आफ्नो एक्स ह्यान्डलमा हालको राजनीतिमा प्रवेश गर्ने कुनै मनसाय नभएको बताए। उनले आफ्ना फ्यानहरुलाई यस्ता अफवाहमा विश्वास नगर्न आग्रह गर्दै आफ्नो करियरमा कुनै राजनीतिक प्रगति भए त्यसको घोषणा गर्ने पहिलो व्यक्ति हुने बताए। उनले भने, “राजनीतिमा आउने सबै हल्लाको अन्त्य गर्न चाहन्छु। म कुनै पार्टीमा आबद्ध छुइन वा चुनाव लडिरहेको छैन। यदि म राजनीतिक मैदानमा पाइला चाल्ने निर्णय गर्छु भने, म आफैं घोषणा गर्ने पहिलो व्यक्ति हुनेछु।” दत्तले ट्वीट गरे, “कृपया अहिले मेरो बारेमा जुनसुकै समाचारहरू भइरहेका छन् त्यसमा विश्वास नगर्नुहोस्।” अभिनेताको पाइपलाइनमा ‘वेलकम टु जङ्गल’ पनि छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *