पूर्वी नेपाको धनकुटामा लागुऔषध गाँजा बरामद

IMG-20240408-WA0186

भद्रपुर, (नेपाल): पूर्वी नेपालअन्तर्गत धनकुटाको साँगुरीगढी गाँउपालीका- ६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको अवस्थामा ठूलो परिमाणको लागुऔषध गाँजा पुलिसले बरामद गरेको छ। सब्जी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा आईतवार राती पौने ८ बजे इलाका पुलिस कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको पुलिसको टोलीले भेडेटार चोकमा रोकेर राखेको को १ ख ३२९४ नम्बरको  मिनिट्रकलाई चेकजाँच गर्दा गाडीमा लोड भएको सब्जीको बोरा भित्र प्याक गरी लुकाई छिपाई राखेको अवस्थामा ५४४ केजी लागुऔषध गाँजा बरामद गरेको हो। गाँजा र सवारीसाधन नियन्त्रणमा लिइएको र ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास भइरहेको तथा अन्य थप अनुसन्धान भइरहेको  जिल्ला पुलिस कार्यालय धनकुटाले बताएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *