प्रदर्शन चर्किएपछि नेपाल भारत सीमा क्षेत्रमा कर्फ्यू

IMG-20240408-WA0182-copy

झापा(नेपाल): पूर्वीनेपालअन्तर्गत सुनसरीको हरिनगर, देवानगन्ज लगायत क्षेत्रमा चार दिनदेखि लगाइएको कर्फ्यु कायमै राखिएको छ। आइतबार अपराह्नपछि फेरि प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले कर्फ्यु लम्ब्याएको हो। हरिनगरमा आईतबार अपराह्न चर्किएको प्रदर्शन नियन्त्रणमा लिन पुलिसले १२ राउण्ड हवाई फायर र २९ सेल अश्रु ग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गर्नुका साथै कुटपिट गर्दा पुलिस नायब उपरीक्षक नवीन कृष्ण भण्डारीसहित नौ पसुरक्षाकर्मीहरु घाइते भएपछि प्रशासनले हरिनगर र देवानगञ्ज गाउँपालिका सबै क्षेत्रमा कर्फ्यु कडाइका साथ लागु गर्ने जनाएको छ।

सुनसरीका अरू स्थानीय तह इनरुवा नगरपालिका, कोसी र भोक्राह नरसिंह गाउँपालिका क्षेत्रमा भने सामान्य रूपमा कर्फ्यु लागु हुने सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए। गत बिहीबार हरिनगर गाउँपालिकामा दुई समूहबिच झडप भएपछि अवस्था असामान्य बनेको हो। दुई समूहबिच घटनाले सामाजिक सद्भाव भड्किन नदिन र जनताको जिउधनको सुरक्षाका लागि गत बिहीबारदेखि कर्फ्यु लगाइएको हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *